ओस्कार विजेता मोरिकनको निधन

ओस्कार विजेता मोरिकनको निधन

  • सोमवार, असार २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

२२ असार । विश्वकै चर्चित संगितकार मानिने एन्नीओ मोरिकनको ९१ बर्षको उमेरमा सोमबार निधन भएको छ ।

चलचित्रका लागि अत्यन्त राम्रा सङ्गीत सृजना गर्ने सङ्गीतकारको रुपमा उहाँ लामो समयदेखि विश्वमै चर्चित हुनुहुन्थ्यो ।

गुणस्तरीय फिल्महरुको निर्माता रहेका उहाँलाई सन् २०१६ मा ओस्कार पुरस्कार प्रदान गरिएको थियो । उहाँले झण्डै ५०० चलचित्रका लागि सङ्गीत सृजना गर्नुभएको थियो ।

कोरिकनको उपचारकै क्रममा अस्पतालमा निधन भएको चिकित्सकहरुले जानकारी दिएका छन् ।

उहाँले जीवनभरी आत्मसम्मानका साथ जीउनु भएको उहाँका सुभेच्छुक तथा उहाँलाई नजिकबाट चिन्नेहरुले बताउने गरेका छन् ।

“उहाँलाई हामीले सधैँ सम्झने छौँ, उहाँ हाम्रो गौरव हो,” इटालीका प्रधानमन्त्री जिसेपे कोन्टेले भन्नुभयो ।

उहाँको निधनप्रति देशवासी र विश्वभरीका उहाँका सुभेच्छुक तथा चलचित्रकर्मीहरुले दुःख व्यक्त गर्दै उहाँको योगदान र क्षमताको स्मरण गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ