दक्षिणी चीनीया सागरमा अमेरीकी सेनाको शक्ति प्रदर्शन, चीनद्धारा आपत्ति प्रकट

दक्षिणी चीनीया सागरमा अमेरीकी सेनाको शक्ति प्रदर्शन, चीनद्धारा आपत्ति प्रकट

अमेरीकी युद्धपोत जनमुक्ति सेनाका लागि कागजी बाघ हो, चीनीया क्षेत्र आफूहरुको कभरमा रहेको सैन्य विज्ञको दाबी

  • सोमवार, असार २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 37.8K
    SHARES

असार २२ एजेन्सी । व्यापार युद्ध, कोरोना विवादलाई लिएर तनाब बढीरहेका बेला अमेरीकाले चीनीया सागरमा बिशाल सैन्य अभ्यास जारी राखे पछि र चीनीया जनमुक्ति सेनाले समेत सो क्षेत्रमा अभ्यास गरीरहेका बेला तनाव थप बढेको छ ।
सन् २०१४ पछि पहिलो पटक अमेरीकाले थियोडोर रुजबेल्ट र युएसएस निमित्ज र बी ५२ जस्ता घातक लडाकु विमानहरुले निरन्तर उडान र अभ्यास जारी राखेको छ ।
अघिल्लो बुधबार देखि सो क्षेत्रमा जनमुक्ति सेनाले समेत अभ्यास गरेको थियो ।
आज मात्रै ती युद्धपोतबाट ११ वटा लडाकु विमानले उडान भरे पछि चीनले कडा प्रतिकृया जनाएको छ ।
चीनीया विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले आज पत्रकार सम्मेलनमा बोल्दै अमेरीकाको यो सैन्य उपथितिले यस क्षेत्रको शान्ति र स्थीरतालाई खतरा पुर्याउने र चीनीया सागरमा सैनिकिकरण बढ्ने भन्दै आपत्ति जनाए ।
यस बारे अन्तराष्ट्रिय समुदाय खास गरी यस क्षेत्रका देशहरुले स्पष्टसगँ महसुस गरीरहेको उनले बताए ।
प्रवक्ता लिजियानले जनमुक्ति सेनाले सिसा क्षेत्रमा आफ्नो सैन्य अभ्यास गरेको र यो निर्विवादीत र चीनीया सार्वभौम क्षेत्र भएको दोहोर्याए ।
यसैबीच चीनीया सैन्य विशेषज्ञहरुका अनुसार अमेरीकाले आफ्नो देशमा कोरोना नियन्त्रणमा असफल भए पछि अमेरीकाले जनतालाई डाईभर्ट गर्न सैन्य शक्तिको प्रदर्शन गरेको भन्दै यसलाई जनमुक्ति सेनाले नजिकबाट नियालीरहेको र आफ्नो सार्वभौम क्षेत्रको रक्षाका लागि तयार रहेको दाबी गरेका छन् ।
दुई वटा शक्तिशाली युद्धपोत र युद्धक समुह जनमुक्ति सेनाको लागि ढोकामा खडा भएको कागजी बाघ हो र यो जनमुक्ति सेनाको निशाना भन्दा बाहिर नरहेको प्रतिकृया दिएका छन् ।
सैन्य विज्ञ सोगं झोगंपिंगले जनमुक्ति सेनामा सामेल भएको बिशेष प्रकारको स्वदेश निर्मित एन्टीएयर क्राफ्ट हतियारबाट ती युद्धपोतहरुलाई ध्वस्त गर्न सक्ने क्षमता जनमुक्ति सेनामा रहेको दाबी पनि गरेका छन् ।
देशभित्र कोरोना नियन्त्रणमा असफल भएको र चीन बिरुद्ध हगंकंग कार्ड समेत असफल भए पछि अमेरीकाले सेनाको उपस्थिति बढाएर आफ्नो शक्ति अझै छ भन्ने सन्देश दिन खोजेको उनीहरुको दाबी छ ।
यसैगरी बेईजिगं आधारीत नावल विज्ञ लि जेईले अमेरीका अझै पनि विश्वको सैन्य महाशक्ति भएको सन्देश दिन युद्धपोत सागरमा पठाएको बताएका छन् ।
यसैबीच अमेरीकाको संभावित आक्रमणको प्रत्याक्रमण गर्न चीनले अभ्यासका क्रममा नयाँ मिसाईल र हतियारहरुको परीक्षण गरेको ग्लोबल टाईम्सले बताएको छ । तर त्यो मिसाईल र हतियारबारे विस्तृत विवरण दिईएको छैन ।
एन्टी एयरक्राफ्ट डी एफ २१ डी र डिएफ २६ जस्ता घातक युद्धपोत विध्वशंक हतियारहरु समेत जनमुक्ति सेनाले सागरमा अभ्यासका क्रममा सामेल गराएको थियो ।
दक्षिणी चीनीया सागर स्वतन्त्र हुनु पर्ने अमेरीकाको दाबी छ भने चीनले आफ्नो सार्वभौम क्षेत्र भन्दै यसको रक्षाका लागि कुनै पनि कसर बाँकी नराख्ने जनाउदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ