अमेरीकाको चार जुलाईको स्वतन्त्रता दिवसका दिन देशभर हिंशा , ७ बर्षीय बालिका सहित १४ जनाको मृत्यु

अमेरीकाको चार जुलाईको स्वतन्त्रता दिवसका दिन देशभर हिंशा , ७ बर्षीय बालिका सहित १४ जनाको मृत्यु

  • आइतवार, असार २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

एजेन्सी असार २१ । अमेरीकाले चार जुलाईमा स्वतन्त्रता दिवस मनाएको छ । तर मे २५ मा जर्ज फ्लेईडको हत्या पछि शुरु भएको आन्दोलनले हिंशात्मक रुप लिदा यसै दिन देशभर २ बालबालिका सहित १४ जनाको मृत्यु भएको छ भने अन्य दर्जनौ घाईते भएका छन् ।
डेलि मेलका अनुसार सबै भन्दा बढी हिंसा सिकागोमा भएको छ । त्याहाँ कम्तीमा ३० जना व्यक्तिमाथि गोली हानिएको र त्यस मध्य दुई बच्चा सहित ८ जनाको मृत्यु भएको छ ।
नातली वालेस नामकी सात बर्षीया बच्चीको गोली लागेर मृत्यु भएको छ भने अर्का १४ बर्षे बालकको पनि मृत्यु भएको छ । यो गोली काण्डको बिषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यस्तै बन्दुकधारीहरुले न्युयोर्कमा गोली चलाउदा २ जनाको मृत्यु भएको छ भने अन्य दश जना घाईते भएका छन् । यस्तै ब्रुकलिन लगायतका अन्य शहरमा पनि गोली चल्दा अन्य केही व्यक्ति मारिएका छन् भने केही घाईते भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ