चीन–भारत सीमा क्षेत्रको भ्रमणमा मोदी, सेनाको मनोबल बढाउने प्रयास

चीन–भारत सीमा क्षेत्रको भ्रमणमा मोदी, सेनाको मनोबल बढाउने प्रयास

  • शुक्रबार, असार १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

श्रीनगर, १९ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनसँगको सीमा जोडिएको विवादित क्षेत्रमा तैनाथ भारतीय सेनाको मनोबल उच्च बनाउन शुक्रबार त्यस क्षेत्रको स्थलगत भ्रमण गर्नु भएको छ ।

गत महिना लद्दाख क्षेत्रको गलवान उपत्यकामा चिनियाँ सेनासँगको मुठभेडमा २० जना भारतीय सेनाको मृत्यु भएपछि दुबै देशबीच तनाबको अवस्था छ ।

दुई मुलुकबीच लामो समयदेखि विवादको रुपमा रहेको लद्दाखमा ४५ वर्षयता पहिलो पटक सबैभन्दा ठूलो संख्यामा भारतीय सैनिकको मृत्यु भएको थियो । उक्त सैन्य मुठभेडका क्रममा केही चिनियाँ सैनिकको पनि मृत्यु भएको भारतले दाबी गरेको छ, तर चीन सरकारले यस बारेमा आधिकारिक केही बताएको छैन ।

भारतीय सेनाका प्रमुख प्रधानसेनापति सहित उक्त क्षेत्रमा पुग्नु भएका प्रधानमन्त्री मोदीले दुबै सेनाबीच मुठभेड भएको क्षेत्र नजिकको भारतीय सैन्य अखडामा पुगेर स्थलगत जानकारी लिनु भएको थियो ।

त्यस अवसरमा भारतीय सैनिकलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भन्नुभयो, “यस विषम परिस्थितिमा तपाइँहरु भारतीय मातृभूमिका रक्षकहरुका रुपमा खटिनु भएको छ, तपाइँहरु मुलुकको रक्षाकवच हो ।”

उहाँले अगाडि भन्नुभयो, “भारतीय आमाका दूश्मनहरुले तपाइँहरुको शौर्य पक्कै देखेका होलान् ।”

चीनको नाम नलिई प्रधानमन्त्री मोदीले “विस्तारवादको युग सकिएको” बताउँदै “विस्तारवादले मानवतालाई कसरी विनाशको अवस्थामा पु–याउँछ भन्ने इतिहासले देखाइसकेको छ” भन्नुभयो ।

उहाँले भन्नुभयो, “भारतले जहिल्यै विश्वमा शान्तिको मार्ग अबलम्बन गरेको तर कमजोर पक्षले कहिल्यै शान्तिप्रतिको अग्रसरता लिन सक्दैन । बहादुरी र साहस शान्तिका लागि अनिवार्य शर्त हुन् ।”

चीन र भारत दुबैबीचको सम्बन्ध विगतदेखि नै त्यति प्रगाढ हुन सकेको छैन । दुबै पक्षले मुठभेडका लागि एकअर्कामाथि दोषारोपण गरिरहेका छन् । दुबै देशले यस क्षेत्रमा हजारौं थप सैनिक पठाइसकेका छन् ।

साथै, दुबै देशबीच सैन्य तहमा धेरै चरणमा वार्ताहरु भइसकेका छन् र झिनो प्रगतिमात्र भएको छ । सामाजिक संजालमा एकअर्का मुलुकविरुद्ध गालीगलौज हुन थालेपछि भारतले चीन लक्षित केही आर्थिक प्रतिबन्धहरु घोषणा गरेको छ ।

यी प्रतिबन्धहरु खासगरी प्रविधि र पूर्वाधार निर्माणका क्षेत्रतर्फ लक्षित छन् । भारतले निकै लोकप्रिय टिकटक समेत चीन प्रबद्र्धित ५९ वटा चिनियाँ मोबाइल एप्स भारतीय सुरक्षामा खतरा भन्दै भारतमा चल्न नसक्ने गरी बन्द गरिदिएको छ ।

चीनबाट आयात भएका तर भारतका ठूला फर्मास्युटिकल उद्योगका लागि चाहिने कच्चा पदार्थ ठूलो मात्रामा भारतीय भन्सारमा थन्किएका छन् ।

भारत सरकारले आफ्ना विद्यृत गृहका लागि आवश्यक उपकरणहरु चीनबाट खरिद नगर्ने तथा नयाँ सडक परियोजनामा चिनियाँ निर्माण कम्पनीलाई काम नदिने निर्णय समेत गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा सीमा क्षेत्रको विषयलाई लिएर भारतमा उत्पन्न परिस्थितिका बारेमा चीनले सूक्ष्म रुपमा विश्लेषण गरिरहेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ