विश्वभर एकै दिन दुई लाख ४ हजार बढी कोरोना संक्रमित थपिए, अमेरीकामा मात्रै ५३ हजार बढी

विश्वभर एकै दिन दुई लाख ४ हजार बढी कोरोना संक्रमित थपिए, अमेरीकामा मात्रै ५३ हजार बढी

  • शुक्रबार, असार १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

एजेन्सी असार १९ । विश्वभर निरन्तर कोरोना संक्रमित बढ्ने क्रम जारी छ । यस क्रममा विश्वभर पछिल्ल्लो २४ घण्टामा एकै दिन २ लाख ४ हजार ६ सय बढी कोरोना संक्रमित थपिएका छन् ।
त्यस मध्य सबै भन्दा धेरै अमेरीकामा ५३ हजार , ब्राजिलमा ४७ हजार ९ सय र त्यस पछि भारतमा सबै भन्दा धेरै २१ हजार ९ सय संक्रमित भेटिएका छन् ।
विश्वभर अहिले सम्म एक करोड ९ लाख ७० हजार २ सय ४७ संक्रमित पुगेका छन् भने ५ लाख २३ हजार एक सय ६६ जनाको मृत्यु भएको छ ।
साथै ६१ लाख २९ हजार २ सय ५४ जना निको भएका छन् ।
हाल सम्म अमेरीकामा २८ लाख ३३ हजार २ सय २७ संक्रमित भएका छन् भने एक लाख ३१ हजार ४ सय १३ जनाको मृत्यु भएको छ ।
त्यसपटि ब्राजिलमा १५ लाख एक हजार ३ सय ५३ संक्रमित छन् भने ६१ हजार ९ सय ९० जनाको मृत्यु भएको छ ।
त्यसै गरी रुसमा ६ लाख ६१ हजार १ सय ६५ जना संक्रमित छन् भने १८ हजार २ सय २५ जनाको मृत्यु भएको छ ।
भारतमा ६ लाख २७ हजार एक सय ६८ जना संक्रमित छन् भने १८ हजार २ सय २५ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ