एमसीसीका मतियारहरुलाई देशबाट लखेट्ने अभियानमा अखिल भारत प्रवासी नेपाली संघ अग्रपक्तिमा उभिने छ : घिमिरे

एमसीसीका मतियारहरुलाई देशबाट लखेट्ने अभियानमा अखिल भारत प्रवासी नेपाली संघ अग्रपक्तिमा उभिने छ : घिमिरे

  • बिहिबार, असार १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.7K
    SHARES

असार १८ काठमाण्डौं । अखिल भारत प्रवासी नेपाली संघका पश्चिम हिमाञ्चल पञ्जाव सयुक्त राज्य समितिका उपाध्यक्ष फर्सुराम घिमिरेले एमसीसीका मतियारहरुलाई देशबाट लखेट्ने अभियानमा संघ अग्रपक्तिमा उभिने चेतावनी दिएका छन् ।
उनले हालै एक विज्ञप्ति जारी गरी एमसीसी राष्ट्रघाती कदम भएको र यो अरु देशमा समेत असफल भएको र अमेरीका हालीमुहाली भएको थुप्रै उदाहरण रहेकोमा सरकारको ध्यानाकर्षण गराउदै यसलाई पारित गराउने कार्यमा नलाग्न अपील पनि गरेका छन् ।

सरकार जसरी पनि एमसीसीको पक्षमा लागि परेको भन्दै जनता, बुद्धीजीवी सबै क्षेत्रबाट बिरोध हुदा समेत यस्तो कार्य अघि बढाउन लागी परेकोमा संघले खेद प्रकट गरेको छ ।

साथै घिमिरेद्धारा जारी विज्ञप्तिमा भनिएको छ, नेपाली जनताको आवश्यकता लाई परिपूर्ति गर्दै दुखी, गरीब, नीमुखा जनताको पहुंच पुग्ने गरी स्वास्थ्य र शिक्षालाई निशुल्क भूमिहीन जनतालाई भूमिको स्वामित्व सहितको गांस, बास र कपास जस्ता अति आवश्यक वस्तु र सेवाको परिपूर्ति गर्दै राष्ट्रीयताको पक्षमा सतीसाल जस्तै अठीलो, बलीयो र भरपर्दो भएर ठिङ्ग उभिनु पर्ने हुन्छ ।
यस्तो संवेदनशील परिस्थितिमा घनिष्ठ छिमेकी मित्रराष्ट्र भारतले हाम्रै मातृभूमिको अंग काटेर यो मेरो हिस्सा हो भन्दै आधिकारिक देखाउन खोज्नु र वार्ताको वातावरण नबन्नु अपुर्निय दुखद विडम्बना भएको छ । यो वाध्यात्मक अवस्थामा मरता तो क्या नहिं करता भनी आफ्नो भूमि सुरक्षित गर्न छोडेर बर्षौंअघिदेखि भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवाद को विरोध गर्दै नेपाली जनताको मन जीत्न सफल भै जनताको मतको आधारमा सरकारमा पुगेका नेपाली जनताका लीडरहरु अहिले अमेरिकाकै डीलर झैं ऊनकै पाउमा किन लम्पसार छन् ?
हेर्नुस् विज्ञप्तिः

MCC बारे हाम्रो अपिल ! अखील भारत प्रवासी नेपाली संघ भारतमा रहने सम्पूर्ण प्रवासी नेपालीहरुको साझा र स्वतन्त्र सामुदायिक संगठन हो  ।
यो संगठन देशभक्तहरुको प्रगतिशील विचार राख्ने,  सम्पुर्ण  प्रवासी नेपालीहरुका आम समस्याको समाधान गर्नेदेखि लिएर अन्तर्राष्ट्रिय हक-अधिकार प्राप्तिका लागि संघर्ष गर्ने संगठन हो ।
भारतभरमा छरिएर रहेका हामी प्रवासी नेपालीहरु नेपाली नागरिक भएकोले सम्पूर्ण प्रवासी नेपालीहरुको आर्थिक, सामाजिक र राजनीतिक सम्बन्ध आफ्नो मातृराष्ट्रसँग जोडिएको हुन्छ ।
नेपालमा हुने घटना- परिघटना ले प्रवासी नेपालीहरु लाई सीधै असर पार्ने भएको हुनाले संघको स्थापनाकाल (14 अप्रैल 1981) देखि नै नेपालमा घट्ने प्रत्येक घटनालाई विश्लेषण गरेर समर्थन वा विरोध जनाउँदै प्रत्यक्ष आन्दोलनहरु मा सहभागी हुँदै आइरहेको अवस्था छ ।
सदियौं देखि हाम्रो देश नेपालमा शक्तिराष्ट्रहरुको चलखेल हुँदै गरेको इतिहास छ र
तत्कालीन देऊवा सरकारको समय नोभेम्बर 2017 देखि त अमेरिकाको समेत गिद्धे नजर पनि नेपालमा प्रत्यक्ष रुपमै पर्न गएको देखिन्छ ।
आजको दिनमा नेपालको राष्ट्रियतामा शक्तिराष्ट्रहरु बाट खलल पुर्याऊने काम भैरहेको छ, यस्तो जटिल परिस्थितिमा सरकारको ध्यानाकर्षक नभएकोले सम्पूर्ण प्रवासी नेपालीहरु चिन्तित भैरहेको अवस्था छ  ।
अहिले करीब-करीब दुईतिहाई जनमत दिएर नेकपालाई सरकारमा पुर्याएको देशको विकास सुशासन र समृद्ध को लागि हो न कि नीतिगत र संस्थागत भ्रष्टाचारलाई बढवा दिन, भ्रष्टाचारीहरु को संरक्षण गर्न, गुट-उपगुट र नाता-गोताको आधारमा देशको ढुकुटिबाट आफ्ना पार्टी-कार्यकर्ता, नातागोता र आसेपासेहरुलाई पोषाउन वा आफ्ना घरपरिवारका सदस्यहरुलाई शक्ति र पहुँचको आधारमा सत्ताभत्ताको उपयोग-उपभोग सम्म पुर्याउनका लागि हो ।
नेपाली जनताको आवश्यकता लाई परिपूर्ति गर्दै दुखी, गरीब, नीमुखा जनताको पहुंच पुग्ने गरी स्वास्थ्य र शिक्षालाई निशुल्क भूमिहीन  जनतालाई भूमिको स्वामित्व सहितको गांस, बास र कपास जस्ता अति आवश्यक वस्तु र सेवाको  परिपूर्ति गर्दै राष्ट्रीयताको पक्षमा सतीसाल जस्तै अठीलो, बलीयो र भरपर्दो भएर ठिङ्ग उभिनु पर्ने हुन्छ ।
अर्कोतर्फ अहिले संसार नै covid  19 को चपेटमा परेर सर्वाधिक आक्रान्त भैरहेको अवस्था छ, हाम्रो मुलुकमा पनि  covid 19 को संक्रमण उर्लिंदै गरेको भेल समान तीव्र गतिमा बढ्दै गरेको अवस्था छ ।
सबै देशका शासकहरुले आफ्नो-आफ्नो देशका जनताप्रति संवेदनशील हुंँदै स्वास्थ्य सुरक्षाको ब्यवस्थापन मिलाउँदै गरेको अवस्थामा हाम्रो देश नेपालमा भने covid 19 सङ्गै अन्य ठुल्ठुला बज्रपातहरु परिरहेका छन् ! खासगरी नेपालको पश्चिमोत्तर सीमाक्षेत्रमा भारतीय अतिक्रमण,  राज्यका शीर्षहरु मध्ये बाटै भैरहेका खुलेआम भ्रष्टाचार, जातीय विभेदका कारण भएका नरसंहारका मुद्दाहरु, नागरिकता विधेयक, MCC परियोजना आदिले देसलाई सर्वाधिक गम्भीर र जटिल अवस्थामा पुराइरहेका छन् ।
यस्तो संवेदनशील  परिस्थितिमा घनिष्ठ छिमेकी मित्रराष्ट्र भारतले  हाम्रै मातृभूमिको अंग काटेर “यो मेरो हिस्सा हो” भन्दै आधिकारिक देखाउन खोज्नु र वार्ताको वातावरण नबन्नु  अपुर्निय दुखद विडम्बना भएको छ । यो वाध्यात्मक अवस्थामा मरता तो क्या नहिं करता भनी आफ्नो भूमि सुरक्षित गर्न छोडेर बर्षौंअघिदेखि भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवाद को विरोध गर्दै नेपाली जनताको मन जीत्न सफल भै जनताको मतको आधारमा सरकारमा पुगेका नेपाली जनताका लीडरहरु अहिले अमेरिकाकै डीलर झैं ऊनकै पाउमा किन लम्पसार छन् ? केही ल्याइसकेको र खाइसकेकोले ओकल्नुपर्ने डरले त होइन ? प्रश्न गम्भीर छ ।
वास्तवमा सरकार त देस र  जनताको आवाज र आवश्यकता प्रति जिम्मेवार र उत्तरदायी हुनु पर्ने हो तर त्यसो भैरहेको छैन ।
अहिले सरकारले पार्टीको स्थाई कमिटीको बैठकबाट जसरी पनि MCC अनुमोदन गर्न लागिपरेको छ । सरकारले आफ्नो गुट, पार्टी र पार्टीकै कुनै कमिटीमा मात्र सिमित हुने र तीप्रति मात्रै उत्तरदायी भएर
देशका 95 % बुद्धिजीवी, एवं नेपाली जनताहरु र अन्य राजनीतिक पार्टीहरुको आवाजलाई नसुनेर MCC परियोजना संसदबाट अनुमोदन गराऊंदै गरेको यो राष्ट्रघाती कार्यप्रति अखिल भारत प्रवासी नेपाली संघको तर्फबाट खेद प्रकट गर्दै सरकारलाई सजग हुन  ध्यानाकर्षक गराऊंछौं ।
MCC संझौताका कैयौं बुंदाहरु देश र जनताको हितमा छैनन् । देशकै महत्वपूर्ण मानिने जल, जंगल, जमीन र खनिजहरुमा अमेरिकाको आधिपत्य रहने, नेपाल र MCC का कानून बाझिए नेपालका कानून  निष्क्रिय  र अमेरिकी कानून लागू हुने,  ऊसले प्राप्त र प्रयोग गर्ने वस्तु र सेवामा नेपालले कुनै कर, भन्सार आदि केही लगाउन नपाउने, आफ्नो देशले आफ्नै देसमा लगाएको लगानी (13 करोड डलर)को खर्चको पनि  लेखापरीक्षण गर्न नपाउने  जस्ता राष्ट्रघाती कार्यमा शर्तहरु भएको यस्तो घातक परियोजना का पछि नलाग्न हार्दिक अपिल गर्दछौं ! साथै,आफ्नो देशको असंलग्न परराष्ट्रनीति र पंचशीलको आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ  गर्दै सरकार देसको हकहित र स्वाधीनता-स्वाभिमानको लागि सतीसाल जस्तै संघर्षशील, अठीलो, बलियो र भरपर्दो भएर ठिङ्ग ऊभिनु पर्ने हुन्छ !  यसरी देशलाई दीगो विकास, सुशासन, सामाजिक न्याय र समग्र समृद्धितर्फ अगाडि बढ्न सरकारको ध्यानाकर्षण होस् भन्न चाहन्छौं । अत: MCC बारे पार्टीले नै बनाएको अध्ययन कार्यदलले दिएको सुझाव नलत्याइयोस्, श्रीलङ्काबाट रिजेक्ट गरेकोबाट शिक्षा लिइयोस्, 49 देशमा
प्रस्तावित MCC परियोजना अधिकांश देसमा लागू हुन नसकेको अवस्था र लागू भएका देशहरुमा अमेरिकाको हालीमुहाली भैरहेकोतर्फ पनि ध्यान जाओस्।
तर MCC संगै सरकार सती जाने हो भने MCC का मतियार रहरुलाई देशबाट लखेट्ने अभियानमा अखिल भारत प्रवासी नेपाली संघ अग्रिम पङ्क्तिमा रहनेछ ।  तसर्थ देश-विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरु आफ्नो-आफ्नो ठाउँबाट चरम राष्ट्रघाती MCC को विरुद्धमा लामबद्ध हुन अखिल भारत प्रवासी नेपाली संघको हार्दिक अपिल छ ।
फर्सुराम घिमिरे
उपाध्यक्ष
पन्जाब हिमाचल संयुक्त  राज्य समिति
अखिल भारत प्रवासी नेपाली संघ केन्द्रीय समिति

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी