पुटिनलाई अझै १२ वर्ष राष्ट्रपति हुन जनसमर्थन मिल्यो, संविधान ससोधन पारित हुने निश्चित

पुटिनलाई अझै १२ वर्ष राष्ट्रपति हुन जनसमर्थन मिल्यो, संविधान ससोधन पारित हुने निश्चित

  • बिहिबार, असार १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

एजेन्सी असार १८ ।  लामो समयदेखि रुसको नेतृत्वमा रहेका राष्ट्रपति भ्लादीमीर पुटिनले आगामी १२ बर्ष थप सत्तामै रहन पाउने भएका छन् । यसको अर्थ उनी सन् २०३६ सम्म राष्ट्रपति हुन पाउने छन् । यसका लागि भएको सविधान ससोधनको प्रस्तावमा भारतीय समर्थन जनताले दिएका छन् ।
रुसी मिडियाहरुका अनुसार हाल सम्म कुल ८७ प्रतिशत मत गनिसकिएको छ जसमा ७७ प्रतिशत मत सविधान शसोधन अर्थात पुटिनको पक्षमा खसेको छ । अब बाकीँ मतलेले कुनै प्रभाव पार्ने छैन ।
विद्यमान सविधान अन्तर्गत सन् २०२४ पछि उनी पुनः शक्तिमा हुन पाउने थिएनन् । उनी दुई पटक राष्ट्रपति र दुई पटक प्रधानमन्त्री भईसकेका छन् ।
पुटिन अहिले ६८ बर्षका छन् । विपक्षीले उनीमाथि आजीवन सत्ता चलाउन खोजेको आरोप लगाएका छन् ।
तर पुटिनले आफ्नो व्यक्तिगत आवस्यकताले नभई रुसको राष्ट्रियता , स्थीरता र विकासका लागि स्थीर सत्ताको आवस्यकता रहेको बताए ।
सोभियत संघको विघटन पछि रुसलाई अहिलेको शक्तिशाली हैसियतमा पुटिनले पुर्याएका हुन् भने रुसबाटै अलग्गिएको युक्रेनको क्रिमियिा पुटिनले रुसमा विलय गराएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ