सुरक्षित घर फर्कन पाँउ

सुरक्षित घर फर्कन पाँउ

  • बुधबार, असार १७, २०७७
  • -अमित संग्रौला

  • 10.4K
    SHARES

म अहिले दुबईमा छु । मे महिनाको १८तालिखमा मेरो भिसा सकियो । भिसा सकिनु भन्दा एक महिना अगाडिनै काम बन्द भयो ।कोठामा बस्न थालेको दुई महिना कटिसक्यो ।घर फर्कन योजना बनाएको अहिले सपना जस्तो भएकोछ ।कोरोना भाइरस र लक डाउनले गर्दा फर्कन पाइरहेको छैन ।एअरपोर्ट खुलेको छैन ।

स्वदेश फर्कन चाहाने युवा युवती धेरै छन् । यो बन्दा बन्दीले रोकिएको छ ।कति युवाहरु अलपत्र परेर बसेका छन् ।एअरपोर्ट कहिले खुल्छ आशामा बसेका छन् । कहिले पुगिन्छ भन्न थालेका छन् । यहाँ बस्ने नेपालीहरु ।के गर्ने कता जाने भनेर उनीहरुको मन विचलित हुन थालेको छ ।घर जान नपाएर उनीहरु भौतालिएका छन् ।यो कोरोना र लक डाउनले दुख दियो। रिस पनि पोखेका छन सरकार समक्ष ।कोठामा बस्न महिनौं बितिसक्यो । घर जाने पैसा पनि सकिदैछ ।आर्थिक स्थिति पनि नाजुक हुन पुगेको छ । भोकभोकै बस्नुपर्ने अवस्था पनि आउन न सक्ला भन्न सकिन्न ।कति नेपालीहरु विपदको समयमा अड्केर बसेका छन् ।घर कहिले पुगिन्छ । उनीहरुको मनमा निराशाको बादलले छोपेको छ । तेन्सन दिग्दारी मानसिक तनावको सिर्जना उत्पन्न भएको छ । मलाई पनि घर कहिले पुगिन्छ ।

आशा पनि मर्न थालेको छ । दिनानुदिन कोरोना भाइरसको संक्रमण बढेको  छ । लक डाउन पनि खोली हाल्ने अवस्था छैन ।घर पनि सुख र खुशीको साथ जान पाइएन ।सरकारको पहलमा हवाई सेवा छिटो भन्दा छिटो सुचारु गरेर उद्धार कार्य अगाडि बढाउन जरुरी देखिन्छ ।कतिको पैसा सकिएको छ।के खाने भनेर सोच्न थाली सकेका छ ।

सुरक्षित रूपमा घर फर्कन व्यवस्था मिलाउन आवस्यक छ ।यहाँ बस्ने कयौं नेपालीहरु स्वदेश फर्किन नपाएर तड्पिएका छन् । कति त खानै न पाएर भोकभोकै हुनु परेको अवस्था छ । जागीर छुट्यो । पैसा छैन । घर कसरी जाने भनेर यहाँ बस्ने नेपालीहरु गुनासो गर्छन् । दिनानुदिन लक डाउन बढेको बढ्यै छ । खुल्ने अवस्था देखिदैन ।कोरोना भाइरसको संक्रमण बढ्ने क्रममा छ । अबुधाबीमा रहेको नेपाली राजदुतावास छ ।

त्यहाँ गएर पहल गर्ने भन्छन् ।के गर्ने नगर्ने यहाँ बस्ने नेपालीहरु नै अलमल छन । दूतावासले केहि गर्छ कि भनेर आशा गरि रहन्छन् । । युएईमा रहेका प्राय धेरै नेपालीहरु घर फर्कन चाहेका छन् ।यो कुरामा पनि सरकारको ध्यान जान जरुरी छ ।

युएईमा रहेको नेपालीहरु भन्छन् सरकार हामीलाई लिन प्लेन कहिले आउँछ भनेर सोधी रहेका छन् सरकारलाई । यहाँ बस्ने नेपालीहरु एउटै आशा छ । सुरक्षित तालिकाले घर पुगियोस ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी