ट्रम्पले कोरोना भाईरससगँ आत्मसमर्पण गरेको राष्ट्रपतिका उम्मेद्धार विदेनको आरोप

ट्रम्पले कोरोना भाईरससगँ आत्मसमर्पण गरेको राष्ट्रपतिका उम्मेद्धार विदेनको आरोप

अमेरीकामा दैनिक एक लाख बढी संक्रमित पुग्न सक्ने वैज्ञानिक डा. एन्थोनी फौसीको चेतावनी

  • बुधबार, असार १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

असार १७ एजेन्सी । अमेरीकी राष्ट्रपतिका डेमोक्रयाटका उम्मेद्धार डा. जोइ विदेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना बिरुद्ध आत्मसमर्पण गरेको आरोप लगाएका छन् ।
विलमिग्टनमा संवोधन गर्दै विदेनले ट्रम्पले आफूलाई कोरोना विरुद्धको युद्धमा रहेको राष्ट्रपति बताए पनि उनी मैदानबाट फिर्ता भएको, र उनले सेतो झण्डा सहित युद्ध मैदान छाडेर आत्मसमर्पण गरेको आरोप लगाए ।
उनले शुरुमा कोरोना भाईरसलाई हेलचेक्राई गरेको पनि ट्रम्पमाथि आरोप लगाए ।
एक लाख २५ हजार अमेरीकीहरुले महामारीबाट ज्यान गुमाईसकेको भन्दै विदेनले नस्लीय अन्याय विरुद्ध चलेको आन्दोलनका बारेमा पनि बोलेका छन् ।
यही आउदो नोभमेम्बरमा राष्ट्रपतिका लागि निर्वाचन हुदै छ । जहाँ ट्रम्प र विदेनबीच प्रतिस्प्र्धा हुने छ ।
यसैबीच अमेरीकाका महामारी रोग विशेषज्ञ वैज्ञानिक डा. एन्थोनी फौसीले अब अमेरीकामा दैनिक एक लाख कोरोना संक्रमित देखिए पनि आश्चर्यको बिषय नहुने चेतावनी दिएका छन् ।
अमेरीकाको सिनेटलाई उनले धेरै अमेरीकीहरुले सामाजिक दुरी कायम गर्ने र मास्क लगाउने काम नगरेको भन्दै यस्तो चेतावनी दिएका हुन् ।
मंगलबार मात्रै अमेरीकामा चौथो पटक एकै दिन ४० हजार बढी कोरोना संक्रमित फेला परेका थिए ।
म यति नै संक्रमित हुन्छ भनेर भन्न सक्दिन तर दिनमा एक सय हजार संक्रमित भए भने पनि त्याहाँ अचम्मित हुनु पर्दैन उनले सिनेटरहरुलाइ भने ।
अमेरीकामा व्यापारका साथै अब बिद्यालयहरु समेत खोल्ने तयारी भईरहेका बेला उनको यस्तो चेतावनी आएको हो ।
अमेरीकामा कोरोना भाईरसबाट हाल सम्म एक लाख ३० हजार बढीको मृत्यु भईसकेको छ भने २७ लाख बढी संक्रमित रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ