एजेन्सी असार १५ । करीब ७ महिनाको अवधिमा कोरोनाले विश्वभर एक करोड बढी मानिस संक्रमित र ५ लाख बढी मानिसको ज्यान लिईस्केको कोरोना भाईरसले अझै खराब स्थिति ल्याउने विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ ।
एक भर्चुअल बैठकमा डब्लुएचओका प्रमुख डा. टेड्रोस एडनाम गेब्रियसिसले महामारीको सबै भन्दा खराब स्वरुप अझै देखा पर्न बाँकी रहेको बताएका छन् ।
डा. टेड्रोसले राष्ट्रिय एकतामा कमी,सही नीति नअपनाउदा र विश्व विभाजीत हुदा महामारी नियन्त्रण अझ कठिन बनेको पनि बताए ।
उनले अहिले आफुहरुले कोरोना तत्काल होस् भन्ने चाहेको, मानिसहरु पुरानै जिन्दगीमा तत्कालै फर्कन चाहन्छन् तर कठिन सत्य यो हो कि हामी यसको नियन्त्रण अझै धेरै टाढा रहेको बताए ।
केही देशले कोरोना नियन्त्रणमा प्रगति गरे पनि विश्वव्यापी रुपमा फैलावट तीब्र भएको उनले बताए । उनले कोरोना नियन्त्रणका लागि दक्षिण कोरया, जर्मनी , जापानले जस्तो नीति अपनाउन पनि आग्रह गरेका छन् ।