माछा मार्नेहरु रहेको डुङ्गा दुर्घटना हुदाँ फिलिपिन्समा १४ जना बेपत्ता

माछा मार्नेहरु रहेको डुङ्गा दुर्घटना हुदाँ फिलिपिन्समा १४ जना बेपत्ता

  • सोमवार, असार १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

१५ असार । फिलिपिन्सको समुन्द्री तटमा भएको डुङ्गा दुर्घटनामा परी १४ जना मानिस हराइरहेका छन् ।

समुन्द्रमा सामान ढुवानी गर्ने साधनसँग माछा मार्ने डुङ्गा ठोक्किएर भएको दुर्घटनापछि डुङ्गामा रहेका व्यक्तिहरु हराइरहेका हुन् । सामान बहाक साधनसँग ठोक्किएपछि डुङ्गा पानीमा पल्टिएको उनीहरुले जानकारी दिएका छन् ।

दुई रात अघि भएको दुर्घटनापछि हराइरहेकाहरुलाई सोमबारसम्म पनि केही पत्ता लगाउन नसकिएको अधिकारीहरुले जनाएका छन् ।

माम्बुराओ सहरदेखि २७ किलोमिटर टाढा पर्ने ठाउँमा आइतबार विहानको राति दुर्घटना भएको जनाइएको छ ।

बेपत्ता भएकाहरुलाई बन्दरगाह सुरक्षाकर्मी र हेलिकोप्टरले संयुक्त रूपमा खोजी कार्य जारी गरेका छन् ।

बेपत्ता भएका १४ जना मध्ये १२ जना माछा मार्ने व्यक्ति र दुई जना यात्रु रहेका बन्दरगाह सुरक्षा कार्यालयका प्रवक्ता अर्मान्डो बालिलोले बताउनुभयो ।

हङ्गकङ्गको ध्वजा बहाक ढुवानी साधनले माछा मार्नेहरुको डुङ्गालाई ठक्कर दिएको उहाँको भनाइ छ ।
–––

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ