एजेन्सी असार १५ । दुई देशबीच सम्बन्ध तनावपूर्ण बनीरहेका बेला ईरानले अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । गत जनवरी तीन मा ईरानी रिभोल्युसनरी गार्डका कमाण्डर जनरल क्वासीम सुलेमानीको हत्या अमेरीकाले ड्रोन आक्रमण मार्फत गरेपछि आज ईरानले उक्त घोषणा गरेको हो ।
ट्रम्प सहित अन्य ३० जनालाई पक्राउ पुर्जी जारी गरिएको जनाईएको छ । ईरानी समाचार संस्थासगँ कुरा गर्दै त्यााँहाका अधिकारीहरुले ट्रम्प राष्ट्रपतिमा पुनः निर्वाचित भएनन् भने पनि उनी बिरुद्धको मुद्धा कायम राखने जनाएका छन् ।
साथै ईरानले अन्तराष्ट्रिय प्रहरी सञ्जालमा समेत सहयोगको लागि अपील गरेको छ । तर ईन्टरपोलले कनै जवाफ दिएको छैन ।
सुलेमानीको हत्या र अमेरीकी प्रतिवन्ध जारी रहेको र ईरानले स्वदेशी हतियारको विकास तीव्र मात्रामा गरीरहेका बेला ईरानले यो कदम चालेको हो ।
यस बारेमा अमेरीकी प्रतिकृया आईस्केको छैन । तर दुबै देशबीच थप तनाव उत्पन्न हुने संभावना भने देखिएको छ ।