असार १५ काठमाण्डौं । लद्धाखको गलवान घाटीँमा रक्तपातपूर्ण झडपमा २० भारतीइ सेना मारिए पछि चीन बिरुद्ध आक्रामक बक्तव्यवाजी गरेको भारतले सीमा क्षेत्रमा चीनलाई लक्षित गरेर विभिन्न क्षेप्यास्त्र तैनाथ गरिएको भारतीय सञ्चार माध्यमहरुले दाबी गरेका छन् ।
साथै सीमा नजिकका विमनस्थलहरुमा वासुसेनाले विभिन्न लडाकु विमान, हेलिकप्टरहरु तैनाथ गरेको र नियमित अभ्यास गरीरहेको पनि जनाईएको छ ।
भारतले आकाश नामक मिसाईल तैनाथ गरेको दाबी गरिएको छ । यस्तै अन्य मिसलाईल पनि तैनाथ गरिएको र संभवत यसै बर्षको अन्त्य सम्ममा रुसबाट आउने सुखोई ४०० क्षेप्यास्त्र प्रणाली पनि सामेल हुने बताईएको छ ।
यस्तै अमेरीका र ईजरायलबाट समेत भारतले हतियार तथा प्रतिरक्षा मिसाईल खरीद गर्ने तयारी गरीरहेको छ ।
यसैबीच चीनीया विज्ञहरुले भारतलाई अमेरीकाले प्रत्यक्ष सहयोग गर्छ भन्ने भ्रम रहेको तर वास्तविक फिल्डमा भारतको पक्षमा अमेरीका नआउने दाबी गरेका छन् ।
चीनीया सैन्य बिशेषज्ञ वेई दोगं छु ले अमेरीकाले भारतलाई सहयोग गर्ने आशयमा युरोपबाट सेना घटाउने भनेर अमेरीकी विदेश सचिवले बोले पछि भारत हौसिएको भन्दै यो केवल चीन विरुद्ध अमेरीकाको भारत कार्ड भएको र यो धेरै कमजोर रहेको पनि बताए ।
उनले जनमुक्ति सेना युद्धका सबै मोर्चामा उच्च रुपले तयार रहेको पनि बताएको ग्लोबल टाईम्सले लेखेको छ ।
जनमुक्ति सेनाले ताईवान मामला र दक्षिणी चीनीया सागरमा अमेरीकाले हस्तक्षेप गरीरहेको भन्दै त्यस तर्फ बढी ध्यान दिए पनि आवस्यक सबै क्षेत्रमा अप्रेसनका लागि तयार रहेको जनाएको छ ।
चीनीया सैन्य विज्ञकरुले प्रशान्त महासागरमा जनमुक्ति सेनाको क्षमता बुझेको अमेरीका आफै घातक युद्धको लागि तयार छैन भने भारतका लागि के गर्ला ? चीनीया सैन्य पर्यवेक्षकले प्रश्न गरे ।
दुबै देशबीच तनाव बढेका बेला एकातिर सैन्य वार्ता समेत चलिरहेको छ भने अर्कोतिर युद्धको तयारी पनि चलिरहेको छ ।