एजेन्सी असार १४ । चीन र भारतका सेनाबीच हतियार विहीन तर रक्तपातपूर्ण झडप भए यता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई पटक सीमानाका बारेमा बोलेका छन् तर चीनको नाम किन लिएनन् भन्दै काँग्रेस आईले प्रश्न गरेको छ ।
१५ जुनमा लद्धाखको गलवान घाँटीमा भएको झडपमा २० भारतीय सेनाको मृत्यु भएको थियो । त्यस पछि जुन १९ मा प्रधानमन्त्री मोदीले सर्वदलीय बैठक बोलाएका थिए ।
त्यस बैठकमा पनि उनले कोही पनि भारतीय भूमिमा प्रवेश नगरेको र कसैले पनि सेनाको पोष्ट कब्जा नगरेको बताएका थिए तर चीनको नाम लिएका थिएनन् ।
त्यस पछि आज उनले मनकी बात कार्यक्रम मार्फत संवोधन गरे । तर ३३ मिनेट लामो उनको संवोधनमा चीनको नामै नलिए पछि काँग्रेसले प्रश्न गरेको हो ।
मोदीले लद्धाखमा गतिलो जवाफ दिएको बताए पनि ठोस रुपमा तनाव बढीरहेको चीनको नामै लिएनन् ।
भारतीय काँग्रेसका प्रवक्ता रणदीप सुरजेवालाले ३३ मिनेट लामो संवोधनमा पनि चीनको नाम प्रधानमन्त्रीले किन लिएनन् के मोदी चीनसगँ डराउछन् उनले प्रश्न गरे ।
मोदी गुजरातको मुख्य मन्त्री हुदा देखि नै पटक पटक चीनमा बिशिष्ट सम्मान र भ्रमण गर्ने भारतीय नेता हुन् ।
मोदी प्रधानमन्त्री भएको ६ बर्षमा उनले चीनीया राष्ट्रपति सि जिन पिगंसगँ १८ पटक भेटवार्ता गरीसकेका छन् ।
गलवान घाटीको उक्त तनाव पछि दुबै देशका सेनाबीच सीमामा अझै पनि तनाव कायम छ ।
हतियार, क्षेप्यास्त्र, सेना, अभ्यास सबैखाले युद्धको तयारी दुबै देशले तीव्र पारेका छन् ।