असार १४ काठमाण्डौ । अमेरीकाको नाकाबन्दी , सुरक्षा परिषद्को हतियार खरिदमा प्रतिवन्धका बीच ईरानले ड्रोन, फाईटर जेट, राडार, बहुआयामिक टैंक जस्ता अत्याधुनिक हतियारको विकास आफैले गरेको ईरानले घोषणा गरेको छ ।
ईरानको ईस्लामिक रिभोल्युसनरी गार्डले शनिबार चार वटा नयाँ हतियारको बारेमा शनिबार सार्वजनिक गरेको छ ।
ईरानको रिभोल्युसनरी गार्डका कमाण्डर मेजर जनरल हुसैन सलामीले स्वदेशी वैज्ञानिकले आत्मनिर्भरताका लागि यसको बिकास गरेको जनाए ।
१२ हजार फिटको उचाईबाट २० हजार किलोमिटर सम्म उडेर सुचना संकलन गर्ने जासुसी ड्रोन मेराज १,मल्टिपरपोजेज बिटीआर ५० टैंक,सोबन १ मेसिन गन र राडार सिस्टम जस्ता हतियारको बिकास ईरानले गरेको छ ।
केही लडाकु विमान समेत ईरानले स्वदेशमै निर्माण गरेको छ । अमेरीकाको नाकाबन्दी, कोरोना महामारीका बीच पनि ईरानले अमेरीकाको संभावित आक्रमणलाई ध्यानमा राखेर हतियारको बिकास गर्दै आएको छ ।
गत जनवरी ३ मा ईरानी रिभोल्युसनगरी गार्डका कमाण्डर क्वासीम सुलेमानीको इराकमा अमेरीकाले हत्या गरे पछि दुबै देशबीच संभावित युद्धको आकलन गरिए पनि कोरोना महामारी पछि यो कम देखिएको छ ।
सयुक्त राष्ट्रसंघले ईरानमाथि लगाएको हतियार खरिद प्रतिवन्ध आउदो अक्टोबर महिनामा सकिदैछ ।
अमेरीका यो प्रतिवन्ध हटे रुस र चीनबाट ईरानले लडाकु विमान किन्न सक्ने भन्दै प्रतिवन्ध लम्ब्याउनु पर्ने पक्षमा छ भने रुस र चीनले त्यसको बिरोध गर्न सक्ने संभावना रहेको छ । ईरानले भूमिगत रुपमा युरेनियम सम्बद्र्धन गरी आणविक हतियार बनाउन सक्ने अमेरीकाले चिन्ता जनाउदै आएको छ ।