एजेन्सी असार १२ । अहिले अमेरीकी राष्ट्रपति डोनाल्ढ ट्रम्पले भारतसगँको सामिप्यता बढाईरहेका छन् । उनले चीन बिरुद्ध शीत युद्ध चर्काउदै भारतको पक्षमा निरन्तर वकालत गरीरहेका छन् ।
तीनै ट्रम्प कोरोना महामारी नियन्त्रणमा असफल भएको र अमेरीकामा जातिवादको आन्दोलनपछि निर्वाचनका सर्वेक्षणहरुमा पछि पर्दै गएको संकेत देखिदै गएको छ ।
उनलाई टक्कर दिदैछन् ढेमोक्रयाट्सका उम्मेद्धार जोई बिदेनले ।
यसै बर्षको नोभमेम्बरमा हुने निर्वाचनका लागि तयार रहेका जोई विदेनले भारतले कास्मीरी जनताको सबै अधिकार बहाल हुनु पर्ने, नागरिकता कानुनको पनि आलोचना गरेका छन् ।
उनले कास्मीरी जनताको अधिकार पुनर्वहालीका लागि सक्दो कदम भारतले उठाउनु पर्नेमा जोड दिएका छन् । बिदेनले आफ्नो क्याम्पेन वेबसाईटमा प्रकाशित पोलिसी पेपरमा यो धारणा दिएका छन् ।
भारत धर्म निरपेक्ष,बहु नस्लीय र बहु धार्मिक पुरानो लोकतन्त्र भएको भन्दै सरकारको पछिल्लो फैसला यसको बिपरीत रहेको भन्दै विदेनले आलोचना गरेका छन् ।
कास्मीरीहरुलाई शान्तिपूर्ण प्रदर्शनमा रोक लगाउनु, असहमति राख्नेलाई प्रतिवन्ध लगाउनु, ईन्टरनेट बन्द गर्नु भारतको लोकतन्त्र बिरोधी कदम भन्दै आलोचना गरेका छन् ।
बिदेनको यस धारणा पछि भारतमा चिन्ता शुरु भएको छ । हिन्दु भारतीयहरुको एक समुहले बिदेनको उक्त पोलिसी पेपरप्रति आपत्ति जनाएका छन् ।
विदेनको यो पोलिसी पेपरलाई भविष्यमा राष्ट्र्रपति भएमा उनले लागू गर्न सक्ने नियमसगँ जोडेर ब्याख्या गरेका छन् कतिपयले । त्यसो भयो भने अहिले ट्रम्प हुदा जति भारतले सहायता अमेरीकाबाट पाएको छ त्यसको बिपरीत आन्तरीक बिषयमा दबाबको सामना गर्नु पर्ने अनुमान शुरु भएको छ ।
यस अघि मुस्लिम देशहरुको सम्पर्क समुहको बैठकले पनि कास्मीरबाट भारतले कब्जा छाड्नु पर्ने र कास्मीरीहरुको आत्मनिर्णयको अधिकारको समर्थन गर्ने घोषणा गरेको थियो ।