अफगानिस्तानमा सरकारी सुरक्षाकर्मीद्वारा २५ तालिबान लडाकू मारिए

अफगानिस्तानमा सरकारी सुरक्षाकर्मीद्वारा २५ तालिबान लडाकू मारिए

  • बिहिबार, असार ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

११ असार । सरकारी सुरक्षाकर्मीहरुले गरेको सुरक्षा कारबाहीमा परी अफगानिस्तानमा थप कम्तीमा २५ जनाको मृत्यु भएको छ ।
मृत्यु भएका सवै जना तालिबानी लडाकूहरु रहेको सरकारी अधिकारीहरुले जनाएका छन् । बुधबार राति घटना भएको उनीहरुले बताएका छन् । घटना अफगानिस्तानको बाल्ख प्रान्तमा भएको हो ।

टोलो न्युजले सम्प्रेषण गरेको समाचार अनुसार बाल्ख जिल्लाको डावलाट अबाड भन्ने ठाउँमा सुरक्षाकर्मीहरुले ती लडाकूमाथि हवाई आक्रमण गरेका थिए ।

बाल्ख प्रान्तका प्रान्तीय सरकारका प्रवक्ता मुनिर अहमद फर्हादले पनि घटना र क्षतिसम्वन्धी विवरणको पुष्टि गर्नु भएको समाचारमा जनाइएको छ ।

स्थानीय श्रोतका अनुसार आक्रमणका क्रममा अरु चार जना आम नागरिकको पनि मृत्यु भएको छ । ती चारमध्ये एक जना महिला र एक जना बच्चा पनि रहेका छन् ।

एउटा किसानको घरलाई लक्षित गरेर सुरक्षाकर्मीहरुले हवाई आक्रमण गरेको स्थानीयले जानकारी दिएका छन् । तर यस आरोपलाई प्रवक्ता फर्हादले भने अस्वीकार गर्नुभयो ।

घटनाका बारेमा तालिबान लडाकूहरूको तर्फबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया नआएको समाचारमा जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ