दिल्ली असार १० । अखिल भारत प्रवासी नेपाली संघले कालापानी, लिपुलेक र लिम्पियाधुरा जस्ता सीमा समस्याको बारेमा भारसगँ वार्ता गर्न माग गरेको छ ।
संघका उपाध्यक्ष टिकाराम गोपाल भित्रिकोटीले आज एक विज्ञप्ति जारी गरी नेपाल र भारतबीभको सुमधुर सम्बन्ध रहेको भन्दै एक अर्काकाको सार्वभौमिकतालाई सम्मान गर्दै बार्ताबाट सीमा समस्या हल गर्न दुबै देशलाई आग्रह गरेका छन् ।
यसै गरी उपाध्यक्ष भित्रिकोटीद्धारा जारी विज्ञप्तिमा एमसीसी सम्झौता एमसीसीका धेरै बुदाहरु अत्यन्त आपत्ति जनक रहेको यसले देशलाई बन्धक बनाउने भन्दै एमसीसी देशमा भित्र्याउन नहुने बताएको छ ।
MCC(Milenium challenge corporation) MCC अध्यन गर्दा यसका धिकांश बुदाहरू आपत्तिजनक छ।कुनै पनि संधि,सम्झौता देश,देशको संविधान,देशको कानुन र देशको सरकार भन्दा माथि हुनै सक्दैन। यो MCC को बुदाहरूले देशलाई बन्धक बनाउने काम गर्नेछ। MCC लाई देशमा भित्र्याउनै हुदैन। कुनै कारणवश भित्र्याउनै पर्ने हो भने पनि देश,देशको संविधान, देशको कानुन, देशको सरकार अन्तर्गत रहने र देशको फाइदा हुनेगरी व्यापक
संशोधन गरेर मात्र MCC लाई भित्र्याउनु पर्छ।, विज्ञप्तिमा भनिएको छ ।
साथै रुकुम पश्चिममा नवराज विक लगायतकाको जातिय विभेदका कारण भएको हत्यामा कतिपय बचाउमा लागेको भन्दै दोषीमाथि कडा भन्दा कडा कार्बाहीको माग गरिएको छ । संगठनले यही माग राख्दै आएको पन्जाबबाट फर्सुराम घिमिरेले जानकारी दिएका छन् ।
हेर्नुस् विज्ञप्तिः

