असार ९ काठमाण्डौं । भारतीय सीमा सुरक्षामा खटिएका एक जना नेपाली गोर्खा सैनिकको दोहोरो भीडन्तमा मृत्यु भएको छ ।
जम्मू–कश्मीरको लाइन अफ कन्ट्रोल (एलओसी) क्षेत्र नजिक आज बिहान भएको गोलीबारीमा भारतीय सेनाका एक जना नेपाली गोर्खा सैनिकको मृत्यु भएको हो ।
स्थानीय समय अनुसार साढे पाँच बजेतिर पाकिस्तानी क्षेत्रबाट प्हार भएको गोली लागेर जम्मू–कश्मीरको नौसेरा क्षेत्रको रजौरी जिल्लामा खटिएका हवलदार दीपक कार्कीको मृत्यु भएको हो ।
३७ वर्षीय कार्की गुल्मी जिल्लाका हुन् । जम्मु कास्मीरको सीमा क्षेत्र तथा कास्मीरमा हुने भीडन्त र आक्रमणमा नेपाली गोर्खा सैनिकले यस अघि पनि ज्यान गुमाउदै आएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline