एजेन्सी असार ९ । मुस्लिम देशहरुको कास्मीर मामलाको साझा ंगठन द अर्गनाईजेसन अफ् ईस्लामिक कर्पोरेसन (आईओसी ) कन्ट्रयाक्ट ग्रुपले कास्मीर माथि भारतले गरेको कब्जा छोड्न अपील गरेको छ ।
भर्चुअल बैठकमा सम्बद्ध देशका विदेशमन्त्रीहरुको बैठकले कास्मीरका जनताको आत्मनिर्णयको अधिकारको सम्मान गर्ने पनि निर्णय गरेको छ ।
भर्चुअल रुपमा आकस्मिक बैठक बसेको र बैठकले २०१९ ५ अगष्टमा भारतले कास्मीरको धारा ३७० खारेज गरेकोमा पनि आपत्ति जनाएको थियो ।
साथै भारत भित्र मानवअधिकार उलंघन भएको बिषयमा समेत छलफल भएको पाकिस्तानका विदेशमन्त्री शाह मसुद कुरैसीले बताएका छन् ।
यस समुहमा साउदी अरब, टर्की, अजरबैजान, पाकिस्तान, निगर लगायतका देशहरु संलग्न छन् । साथै पाकिस्तानसगँ सम्बद्ध रहेको आजाद कास्मीरका राष्ट्रपति सरदार मसुद खान पनि यस बैठकमा सहभागी भएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline