दिल्ली उच्च अदालतद्वारा प्रश्न – नीजि अस्पताल र ल्याबलाई कोरोनाविरुद्ध किन नखटाएको ?

दिल्ली उच्च अदालतद्वारा प्रश्न – नीजि अस्पताल र ल्याबलाई कोरोनाविरुद्ध किन नखटाएको ?

  • सोमवार, असार ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

नयाँदिल्ली, ८ असार।भारतको दिल्ली उच्च अदालतले कोरोना विरुद्ध लड्न निजी अस्पताल तथा प्रयोगशालाहरुलाई किन अनुमति नदिएको भनी प्रश्न गरेको छ ।

उनीहरुलाई परिचालन नगर्दा तीब्र रुपमा फैलिँदै गएको कोरोनाभाइरसको सङ्क्रमणलाई नियन्त्रण गर्ने सरकारको लक्ष्यमा असफलता हात लाग्न सक्ने तर्फ अदालतले ध्यानाकर्षण गराएको छ ।

दिल्ली प्रदेश सरकारका नाममा सोमबार आदेश जारी गर्दै अदालतले केन्द्रीय राजधानी समेत पर्ने दिल्ली प्रदेशमा नीजि अस्पताल तथा प्रयोगशालाहरुलाई कोरोनाभाइरससम्वन्धी स्वास्थ्य सेवाका लागि अनुमति दिनु पर्ने आशय व्यक्त गरेको छ ।

न्यायाधीशद्वय हिमा कोहली र एस प्रसादको इजलासले नीजि अस्पताल तथा प्रयोगशालाहरुलाई परिचालन नगरेकाले कोरोनाको परीक्षण र नियन्त्रणका लागि प्रदेश सरकारले आधा लक्ष्य पनि हासिल गर्न नसकेको ठहर गरेको छ ।

अधिवक्ता राकेश मलहोत्राले दिएको अपिलमाथि सुनुवाई गर्दै दुई न्यायाधीशले कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रणका लागि निजी अस्पताल तथा प्रयोगशालाहरुलाई परिचालन नगर्नुको कारण प्रदेश सरकारसँग माग गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ