साउदीबाट थप २ सय ४७ जना काठमाण्डौ आईपुगे, आजै कतार र मलेशियाबाट पनि आउदै

साउदीबाट थप २ सय ४७ जना काठमाण्डौ आईपुगे, आजै कतार र मलेशियाबाट पनि आउदै

  • सोमवार, असार ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 17K
    SHARES

असार ८ काठमाडौं । पछिल्लो समय सरकारले निरन्तर चार्टर उडान मार्फत खाडी मुलुकमा अलपत्र परेका नेपाली ल्याउने क्रम जारी छ । आज पनि साउदीको रियादबाट २४७ जना नेपाली काठमाडौ आइपुगेका छन् ।

नेपाल एअरलाइन्सको उडानबाट एक नाबालकसहित २४७ जना नेपालीहरु आज बिहान स्वदेश आइपुगेका हुन् ।

६ महिनादेखि नेपाली राजदूतावासको सेल्टरमा रहेका १२ जना महिला र बाँकी पुरुष आज स्वदेश फर्किएका हुन् ।

यस्तै आज यूएई तीन उडानमार्फत नेपाली स्वदेश फर्कनेछन् भने कुवेतमा आममाफीमा सहभागी नेपाली पनि स्वदेश फर्कंदैछन् ।

त्यसैगरी आज कतारको दोहाबाट पनि समस्यामा परेका नेपाली फर्कंदैछन् भने मलेसियाबाट पनि नेपाली फर्कने छन् ।
ती देशहरुबाट प्राथमिकतामा आधारमा धमाधम नेपाली ल्याउने क्रम जारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी