कोरोनाका कारण विश्वभर ९० लाख बढी संक्रमित पुगे , मृतक ४ लाख ७० हजार माथि

कोरोनाका कारण विश्वभर ९० लाख बढी संक्रमित पुगे , मृतक ४ लाख ७० हजार माथि

  • सोमवार, असार ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

असार ८ एजेन्सी । विश्भर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण तीव्र मात्रामा हुने क्रम अझै रोकिएको छ ।
औषधी र भ्याक्सिन अझै बजारमा आईनसकेका कारण पनि संक्रमितको संख्या विश्वभर नियन्त्रण हुन सकेको छैन ।

भारईरसका कारण हाल सम्म ४ लाख ७० हजार ६ सय बढी मानिसहरुको मृत्यु भईसकेको छ भने ९० लाख ४५ हजार बढी संक्रमित भएका छन् । ४८ लाख ३८ हजार मानिस निको भएर घर फर्किएका छन् ।
हाल सम्म विश्वमा सबै भन्दा धेरै संक्रमण र मृत्यु भएको अमेरीका हो । जहाँ २३ लाख ५६ हजार बढी संक्रमित छन् भने एक लाख २२ हजार बढीको मृत्यु भएको छ ।

यसै गरी ब्राजिलमा मृतकको संख्या ५० हजार ६ सय ५९ पुगेको भने संक्रमित १० लाख ८६ हजार ९ सय ९० पुगेको छ ।

यसै गरी रुसमा ५ लाख ८४ हजार ६ सय ८० संक्रमित छन् भने ८ हजार १ सय ११ जनाको मृत्यु भएको छ ।

भारतमा ४ लाख २६ हजार ९ सय १० जना संक्रमित छन् भने १३ हजार ७ सय २ जनाको मृत्यु भएको छ ।

बेलायतमा ४२ हजार ६ सय ३२ जनाको मृत्यु भएको छ भने ३ लाख ४ हजार ३ सय ३१ संक्रमित भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ