भारतमा नेपाली झण्डा जलाईएकामा प्रवासी जनसमाज भारतको आपत्ति

भारतमा नेपाली झण्डा जलाईएकामा प्रवासी जनसमाज भारतको आपत्ति

  • शनिबार, असार ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 13K
    SHARES

असार ६ दिल्ली । नेपाल र भारतबीच सीमानाको बारे तनाव उत्पन्न भईरहेका बेला भारतमा जातिय राजनीति गर्ने आल ईन्डिया मजलिस ई ईत्तेहादुल मुस्लीममीनले नेपाली झण्डा जलाएकोमा प्रवासी नेपाली जनसमाज भारतले आपत्ति जनाएको छ ।
समाजका अध्यक्ष आजाद सेनले विज्ञप्ति जारी गरी नेपालको झण्डा जलाउने, आर्थिक नाकाबन्दी लगाउन दबाब दिने सो संगठन र केही भारतीय मिडियाले सीमानाको बिषयमा प्रमाण नभए पछि उत्तेजक प्रचार र भ्रम फैलाउने काम गरीरहेको भन्दै बिरोध जनाएका छन् ।
मुस्लीममीनलाई विज्ञप्तिमा यदी संगठनको नीति नै नेपालको झण्डा जलाउने लिएको भए परिणाम भोग्न तयार रहन पनि चेतावनी दिईएको छ ।
नेपाली विरोधी गतिविधि र प्रचारमा लाग्ने संगठन, मिडिया र व्यक्तिहरुलाई कार्बाही गर्न माग गर्दै समाजले दुबै देशको सीमा समस्या बार्ताको माध्यमबाट समाधान गर्न पनि आग्रह गरको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी