विश्वभर २४ घण्टामा एक लाख ७६ हजार बढी कोरोना संक्रमित थपिए, कुल ८७ लाख नाघ्यो

विश्वभर २४ घण्टामा एक लाख ७६ हजार बढी कोरोना संक्रमित थपिए, कुल ८७ लाख नाघ्यो

  • शनिबार, असार ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

असार ६ काठमाण्डौं । विश्भर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण तीव्र मात्रामा हुने क्रम अझै रोकिएको छ ।
औषधी र भ्याक्सिन अझै बजारमा आईनसकेका कारण पनि सं्रमितको संख्या विश्वभर नियन्त्रण हुन सकेको छैन ।
पछिल्लो २४ घण्टामा मात्रै विश्वभर एक लाख ७६ हजार बढी नयाँ कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा सबै भन्दा धेरै ब्राजिलमा ५५ हजार २ सय ९ संक्रमित थपिएका छन् भने अमेरीकामा ३१ हजार ९ सय ६९, रुसमा ७ हजार ९ सय ७२ र भारतमा मात्रै १४ हजार ७ सय २१ संक्रमित थपिएका छन् ।
पछिल्लो समय बेलायत, ईटाली, स्पेनमा भने संक्रमण र मृत्युमा केही कमी आएको छ ।
भारईरसका कारण हाल सम्म ४ लाख ६१ हजार ७ सय बढी मानिसहरुको मृत्यु भईसकेको छ भने ४६ लाख १९ हजार मानिस निको भएर घर फर्किएका छन् ।
हाल सम्म विश्वमा सबै भन्दा धेरै संक्रमण र मृत्यु भएको अमेरीका हो । जहाँ २२ लाख ९५ हजार बढी संक्रमित छन् भने एक लाख २१ हजार बढीको मृत्यु भएको छ । अमेरकिामा कोरोना जीत्नेको संख्या ९ लाख ५५ हजार ९ सय भन्दा माथि रहेको छ ।

यसै गरी ब्राजिलमा मृतकको संख्या ४९ हजार पुगेको भने संक्रमित १० लाख ३८ हजार ५ सय ६८ पुगेको छ ।

यसै गरी रुसमा ५ लाख ६९ हजार ६३ संक्रमित छन् भने ७ हजार ८ सय ४१ जनाको मृत्यु भएको छ ।

भारतमा ३ लाख ९५ हजार ८ सय १२ जना संक्रमित छन् भने १२ हजार ९ सय ७० जनाको मृत्यु भएको छ ।

बेलायतमा ४२ हजार ४ सय ६१ जनाको मृत्यु भएको छ भने ३ लाख बढी संक्रमित भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ