काठमाण्डौं आईपुग्यो नेपालीहरुको शब, कोही आफन्तलाई बुझाईदै कोही घर पठाईदै

काठमाण्डौं आईपुग्यो नेपालीहरुको शब, कोही आफन्तलाई बुझाईदै कोही घर पठाईदै

  • शुक्रबार, असार ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

काठमाडौं असार ५ । रोजगारीका लागि विदेश पुगेर विभिन्न कारणले मृत्यु भएका २० नेपालीको शब कतारबाट मात्र ल्यार्ईएको छ ।
यस्तै साउदी, कुवेत र दुबईबाट पनि नेपालीको शब आईपुगेको छ । कुलमा २४ नेपालीको शब आज मात्रै काठमाण्डौं झारिएको छ र यो संख्या पहिलो पटक यति ठूलो हो ।
लकडाउन पछि मात्रै कोरोना सहित विभिन्न कारणले ४० नेपालीको केवल कतारमा मात्र ज्यान गएको थियो । त्यस मध्य २० जनाको शब नेपाल ल्यार्ईएको हो ।

वैदेशिक रोजगार बोर्डका अनुसार कतार एयरलाइन्समा कपिलवस्तुको दोहनीका महमुद अलमान मुसलमान, सर्लाहीको हरिवनका मुस्ताक साइक, सिराहाको परासीका रुपेशकुमार मण्डल, लमजुङको धोदेनीका कुम्बा तामाङ, बाँकेको रझेनाका भक्तबहादुर थापामगर, सप्तरीको लोहताराका राजेन्द्रप्रसाद भण्डलको शव आएको हो ।

यसैगरि मोरङको कोसी हरैँचाका युवराज अधिकारी, भोजपुरको देउरालीका मीनबहादुर थापा, सुर्खेतको सहारेका नरबहादुर कामी, भोजपुरको टुंगेचाका मंगलबहादुर तामाङ, बर्दियाको मोतिपुरका सुकराम थारु, सर्लाहीको इश्वरपुरका अरुणकुमार पजियार, महोत्तरीको दम्हीका शिवशंकर राउत, धनुषाको भरतपुरका चुतर्वा मण्डल, मकवानपुरको भीमफेदीका जितेन्द्र थापामगर, रुपन्देहीको देवदहका यामबहादुर थापा, सिराहाको सुखचैनाका कासिदेव यादब, सर्लाहीको सधोवाका पासवान र महोत्तरीको औरहीका अनिल चौधरीको शव पनि कतार एयरलाइन्सले आजै ल्याईएको छ ।

कतार एयरलाइन्सबाट आउने शवमध्ये ७ परिवारले काठमाडौँमा जिम्मा लिन र बाँकीलाई उनीहरुका जिल्लामा पुर्‍याउने जनाईएको छ ।

यस्तै साउदी अरब, यूएई र कुवेतबाट पनि चार वटा शव आउँदैेछन् । जजिरा एयरलाइन्सले कुवेतबाट दुई जनाको शव ल्याएको छ ।

कुवेतबाट संखुवासभाका मानबहादुर आले र नुवाकोटका सोनु तामाङको शव आएको छ ।

युएईबाट सिन्धुपाल्चोकका पेम्बा नोर्बु शेर्पा र साउदी अरबबाट भैरबबहादुर बस्नेतको शवआएको छ । यसअघि हिजो पनि दुईवटा शव ल्याएको थियो ।
बैदेशिक रोजगारीमा खाडी मुलुकमा रहेका ३० लाख बढी नेपालीहरुको विभिन्न कारणले मृत्यु हुने गरेको छ कतिपयको हत्या भएको छ भने कतिपयले आत्महत्या गर्ने गरेका छन् त कतिपयको रोग लागेर मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी