शनिबार कोरीयाबाट पहिलो खेपमा २ सय ३६ नेपाली फर्कदै

शनिबार कोरीयाबाट पहिलो खेपमा २ सय ३६ नेपाली फर्कदै

  • शुक्रबार, असार ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.6K
    SHARES

सउल, ५ असार । भिसा अवधि सकिएर अलपत्र परेर फर्कन नसकेका नेपालीमध्ये २३६ जना शनिबार नेपाल फर्किने भएका छन् । नेपाली राजदूतावास सउलको पहलमा नेपाली यात्रु बोकेर कोरियन एअरको चार्टर्ड विमान केई ९६९५ नेपाल उड्न लागेको हो ।

नेपाल उड्नेहरूको सूचीमा प्रवेशाज्ञावधि सकिएका तथा तथा नेपाल फर्कनुपर्ने आवश्यकता हेरी सकेसम्म सबैभन्दा बढी आवश्यक भएकालाई प्राथमिकताका साथ समेटिएको छ । तीमध्ये अवैधानिक बसोबास गरेका अभियोगमा दक्षिण कोरियामा बन्दी जीवन बिताइरहेकामध्येबाट १५, बिरामी तथा गर्भवती ३६ जनासहित कोरियामा रोजगारी वा अन्य सिलसिलामा रही प्रवेशाज्ञावधि सकिएर नेपाल फर्कन नसकेकाहरू रहेको गैरआवासीय नेपाली सङ्घ कोरियाका महासचिव विमल सुवेदीले बताउनुभयो ।

यात्रुले टिकटवापत झण्डै रु ८५ हजार तिरेका छन् । यसका साथै नेपाल पुगेर अनिवार्य बस्नुपर्ने १४ दिनको क्वारेन्टिन र क्वारेन्टिन अवधि सकिएपछि घर पुग्नुपर्ने सम्पूर्ण खर्च स्वयंले बेहोर्नुपर्ने बताइएको छ ।

नेपाल उड्ने यात्रुले उड्नुअघि पिसिआर जाँच गराएको र सबैको रिपोर्ट नेगेटिभ छ । पोजेटिभ आएमा उडान अनुमति नहुने बताइएको छ । स्वदेश फर्किन चाहने अन्य यात्रुका हकमा भने अर्को चार्टर्ड विमान कहिले उड्ने वा नउड्ने भन्नेबारे बताइएको छैन ।

यसअघि पटकपटक नेपाल एयरलाइन्सको चार्टर्ड विमान काठमाडाँैदेखि कोरिया र कोरियाबाट पुनः काठमाडाँै उडाउने भनिए पनि कोरिया सरकारको विभिन्न नियम पूरा गर्न नसक्दा उक्त उडान अझै अनिश्चित छ । यससँगै नेपालमा अड्केका नेपाली मजदूर कहिले कोरिया फर्कने भन्ने पनि अन्योल नै छ ।
कोरीयाबाट करीब एक हजार नेपाली भिसा सकिएर आउनु पर्ने अवस्थामा रहेका छन् ।

बेलायतबाट गरिने उद्धार असार १० र १२ मा
लण्डन, ५ असार ९रासस०ः कोरोना भाइरसका कारण भएको बन्दाबन्दीले विदेशमा रोकिएका नेपालीमध्ये बेलायतमा बस्नेहरु पनि नेपाल फर्कन पाउने भएका छन् । लण्डनस्थित नेपाली दूतावासका पहलमा गठित सूचना सङ्कलन सहयोग समितिमार्फत बिहीबार दिइएको जानकारीअनुसार यही असार १० र १२ गते नेपालका लागि उडान भर्ने निश्चित भएको छ । उडान लण्डनको ग्याटविक विमानस्थलबाट जजिरा एरवेजमार्फत दुवै दिन अपराह्न ठीक २ः४५ मा गरिने दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख शरदराज आरणले बताउनुभयो । दुई हप्ताअघि दूतावासले बेलायतबाट नेपाल फर्कन चाहने ४२० जनाको विवरण नेपाल पठाएको थियो ।

पहिलो चार्टर्ड उडानको क्षमता केवल १५८ जनाको मात्र भएकाले दूतावासले पहिलो चरणमा लैजानेहरूलाई मात्र टिकट लिएर तयारी रहन भनी इमेल गरेको छ । दोस्रो चरणमा जानेहरूले केही दिनपछि मात्र टिकट लिन भनी सूचना पठाइएको दूतावासले बताएको छ ।

यसरी फर्कने नेपालीलाई तयारी स्वरुप आफ्ना राहदानी तथा पिसिआर वा आरडिटी परीक्षण नेगेटिभ वा कोरोनाको लक्षण नभएको भनी स्वास्थकर्मीबाट प्रमाणित गरेको प्रमाणपत्र हुनुपर्ने भनिएको छ । त्यस्तै टिकटको रकम सम्पूर्ण करसहित ९२० पाउण्ड लाग्ने छ । नेपालबाट टिकट लिनका लागि सम्बन्धित व्यक्तिको सम्पर्क विवरण पनि उल्लेख गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी