एजेन्सी असार ५ । जुन १५ साझँ घण्टौ सम्म चीन र भारतका सेनाबीच भएको रक्तपातपूर्ण झडपमा चीनीया सेनाले कब्जा गरेका १० भारतीय सेनालाई रिहा गरेको छ ।
गलवान उपत्यकामा भएको भीडन्तमा कर्णेल सहित २० भारतीय सेनाको मृत्यु भएको थियो । चीन तर्फ पनि क्षति भएको भारतीय मिडियाले दाबी गरेको छ तर चीनले केही बोलेको छैन ।
सोमबार लद्दाखको गलवान उपत्यकाको सीमामा भएको झडपका क्रममा गिरफ्तार गरिएका १० भारतीय सैनिकलाई चीनले हिजो साँझ रिहा गरेको भारतीय अखबार द हिन्दुले लेखेको छ ।
यस अघि भारतीय सेनाले आधिकारीक रुपमा चीनको हिरासतमा आफ्नो सेना नरहेको बताएको थियो ।
रिहा हुनेहरुमा एक जना कर्णेल, तीन जना मेजरसहित १० जना रहेका छन् ।
मेजर जर्नेलस्तरको द्वीपक्षीय वार्तापछि चीनले आफ्नो कब्जामा रहेका भारतीय सैनिकलाई बिहीबार साँझ ५ बजेतिर रिहा गरेको हिन्दूले जनाएको छ । सन् १९६२ को युद्धपछि भएको सबैभन्दा ठूलो झडप भए पछि दुबै देशले बोर्डरमा थप तैनाथी र सतर्कता अपनाएका छन् भने वार्ता पनि जारी राखेका छन् ।