यसरी किला राखिएको फलामको रडले चीनीया सेनाले आक्रमण गरेको भारतीय सेनाका अधिकारीको दाबी, के भन्छन् चीनीया अधिकारीहरु ?

यसरी किला राखिएको फलामको रडले चीनीया सेनाले आक्रमण गरेको भारतीय सेनाका अधिकारीको दाबी, के भन्छन् चीनीया अधिकारीहरु ?

  • शुक्रबार, असार ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

एजेन्सी जेष्ठ ५ । भारत र चीनका सेनाबीच गत जुन १५ मा भएको रक्तपातपूर्ण झडपमा चीनीया सेनाले किला राखिएको फलामको रडले हमला गरेको भारतीय सेनाका अधिकारीहरुले दाबी गरेका छन् । यो रडको तस्वीर भारतमा सामाजिक सञ्जालमा निकै भाईरल बनिरहेको छ ।
एक भारतीय सेनाका अधिकारीले बिबिसीलाई पठाएको यो तस्वीरमा देखिएको रडकमा फलामको ठूला ठूला किला देख्न सकिन्छ । यसै रडहरुले हमला गर्दा कर्णेल सहित २० भारतीय सेनाको मृत्यु भएको र ७६ जना घाईते भएको जनाईएको छ ।
गलवान घाँटीमा दुबै देशका सैयौ सेनाहरुबीच उक्त झडपमा चीनतिर भएको क्षतिको एकीन विवरण उसले सार्वजनिक गरेको छैन ।
यो रडबाट हमला भए पनि भारतीय सेनाले हतियार प्रयोग किन गरेन भनेर भारतभित्र प्रश्न उठिरहेका बेला सीमामा आमने सामने हुदाँ हतियार बोकेको तर प्रयोग नगरेको दाबी भारतीय विदेशमन्त्री एस जयसंकरले बताएका छन् ।
यो हतियार प्रहारको बिषयमा चीनीया विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजियानले भारतीय सेनाले सिमा रेखा पार गरेर चीनीया निर्माण क्षेत्र भत्काएका कारण झडप भएको ।ोयटर्सलाई दिएको अन्तर्वातामा बताए ।
यसमा के सही हो के गलत हो यसमा उल्झन् छैन चाओले भने “यसमा चीन जिम्मेवार छैन ” । उनले दुबै देश गलवान घाटीँको झडपलाई लिएर शान्तिपूर्ण समाधानका लागि तयार रहेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी