कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ५५ हजार माथि पुग्यो

कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ५५ हजार माथि पुग्यो

  • शुक्रबार, असार ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

असार ५ काठमाण्डौं । विश्भर महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण मानिसको मृत्यु हुने र संक्रमित हुने क्रम अझै रोकिएको छैन । भाईरसलेअहिले सम्मको अवधिमा ८५ लाख ६७ हजार भन्दा बढीलाई संक्रमण गरीसकेको छ भने ४ लाख ५५ हजार ५ सय बढीको मृत्यु भईसकेको छ ।
यस्तै निको हुनेको संख्या ४५ लाख ८ हजार पुगेको छ ।

विश्वमा कोरोनाको संक्रमण उच्च भएको अमेरीकामा मृतकको संख्या एक लाख २० हजार ६ सय नाघेको छ । त्यहाँ संक्रमित २२ लाख ६२ हजार नाघेको छ ।

यसै गरी ब्राजिलमा मृतकको संख्या ४७ हजार ८ सय ६९ जना पुगेको भने संक्रमित ९ लाख ८३ हजार ३ सय ५९ पुगेको छ ।

यसै गरी रुसमा ५ लाख ६१ हजार ९१ संक्रमित छन् भने ७ हजार ६ सय ६० जनाको मृत्यु भएको छ ।

भारतमा ३ लाख ८१ हजार ९१ जना संक्रमित छन् भने १२ हजार ६ सय ४ जनाको मृत्यु भएको छ ।

बेलायतमा ४२ हजार २ सय ८८ जनाको मृत्यु भएको छ भने ३ लाख बढी संक्रमित भएका छन् ।

स्पेनमा कुल २ लाख ९२ हजार ३ सय ४८ संक्रमित छन् भने २७ हजार १ सय ३६ जनाको मृत्यु भएको छ । त्यहाँ केही साता यता कुनै मृत्यु भएको छैन ।

पेरुमा २ लाख ४४ हजार ३ सय ८८ जना संक्रमित छन भने ७ हजार ४ सय ६१ जनाको मृत्यु भएको छ ।

ईटालीमा २ लाख ३८ हजार १ सय ५९ जना संक्रमित छन् भने ३४ हजार ५ सय १४ जनाको मृत्यु भएको छ ।
चलिीमा २ लाख २५ हजार हजार १ सय ३ जना संक्रमित छन् भने ३ हजार ८ सय ४१ जनाको मृत्यु भएको छ ।

ईरानमा १ लाख ९७ हजार ६ सय ४७ जना संक्रमित भएका छन् भने भने ९ हजार २ सय ७२ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ