लद्धाख झडपपछि चीनीया र भारतीय सेना एकातिर वार्ता जारी, अर्कोतिर युद्धको तयारी

लद्धाख झडपपछि चीनीया र भारतीय सेना एकातिर वार्ता जारी, अर्कोतिर युद्धको तयारी

  • बिहिबार, असार ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 18.9K
    SHARES

एजेन्सी असार ४ । जुन १५ मा विवादीत सीमा क्षेत्रमा रक्तपातपूर्ण झडप पछि चीन र भारतका सेनाका अधिकारीहरुबीच बार्ता जारी छ । उक्त राति घण्टौ सम्म भएको झडपमा भारतीय सेनाका कर्णेल सहित २० जनाको मृत्यु भएको थियो भने चीन तर्फपनि हताहती भएको भनिए पनि के कति क्षति भएको हो सार्वजनिक भएको छैन ।
जुन ६ मा भएको बार्तामा भएको सहमति विपरीत सेनाहरुबीच झडप भएको हो । लद्धाखको गलवान घाँटीमा भएको यो झडप सन् १९६२ पछिको सबै भन्दा ठूलो हो ।
यस झडप पछि सयुक्त राष्ट्रसंघ, अमेरीका, रुस सहित महाशक्ति राष्ट्रहरुले प्रतिकृया दिएका छन् विवादको समाधान मिलेर गर्न ।
भारतीय सञ्चार माध्यमका अनुसार २० भारतीय सेनाको हताहती पछि सरकारमाथि चीन बिरुद्ध बदला लिन दबाब परेको छ । प्रधानमन्त्री मोदीले भारत शान्तिप्रिय देश रहेको तर उक्साहटपूर्ण कदमको जवाफ दिन सक्षम रहेको बताएका छन् ।
चीनीया विदेश मन्त्रालयले पनि भारतीय सेनाले सीमाना उलंघन गरेकाले घटना भएको भन्दै गलवान चीनीया सार्वभौम क्षेत्र भएकाले उलंघन नगर्न अन्यथा परिणाम अझ गंभीर हुने चेतावनी दिएको छ ।
यस बीचमा पनि ग्राउण्डमा सैनिक अधिकारी स्तरमा फेरी बार्ता शुरु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । हिजो मात्रै दुबै देशका विदेशमन्त्रीहरुबीच टेलिफोनमा समेत कुराकानी भएको थियो ।
भारतीय तयारी :
एकातिर सम्झौता र वार्ताको प्रयास जारी रहे पनि गत सोमबार रातिको रक्तपातपूर्ण झडप पछि भारतीय सेनाले सीमाहरुमा उपस्थिति बढाएको छ भने तयारी तीव्र बनाएको छ । भारतको उच्च अधिकारीहरुलाई उद्धृत गर्दै लेखिएको खबर अनुसार भारतीय सेनाको जल , स्थल र हवाई तीनै क्षेत्रलाई उच्च सतर्क र तयार रहन निर्देशन दिईएको छ ।
यस्तै लद्धाखमा तैनाथ सेनाका पोष्टहरुलाई फिर्ता हुन रोक लगाउदै सीमा क्षेत्रको गाँउहरु खाली गराउन शुरु गरिएको छ । सीमा जोडिएका गाँउहरुमा मोबाईल तथा टेलिफोन सेवा बन्द गरिएको छ । लेह लगायतका क्षेत्रमा मानिसहरुलाई हिडडुल गर्न रोक लगाईएको छ ।
त्यस्तै थप सैनिक संख्या , आर्टिलरी हतियार र गाडीहरु केन्द्रीत गर्ने क्रम जारी छ ।
यस्तै जम्मु कास्मीरमा रहेका सैन्य युनिटहरुलाई जुनसुकै बेला परिचालित हुनका लागि तयार गरिएको छ ।
यस्तै सेनाका अधिकारी तथा जवानहरुलाई दिईएको बिदा खारेज गरेर ड्युटीमै रहन वा फर्कन आदेश दिईएको छ ।
साथै सीमा क्षेत्रका सैन्य टुकडीहरुलाई सीमामा चीनीया सेनाले हर्कत गरे कार्बाही गर्न आदेश दिईएको भास्करले उल्लेख गरेको छ । मंगलबार राति भारतीय रक्षा मन्त्री सहित स्थल सेना, हवाई सेना र जल सेनाका प्रमुखहरुका बीचको बैठकमा झडपको समिक्षा हुनुका साथै लद्धाख, हिमाञ्चल र अरुणाञ्चलमा केन्द्रीत बेसमा तैनाथी बढाउने निर्णय र आदेश भएको थियो ।
चीनको तयारी :
चीनले करीब डेढ महिनादेखि भारतसगँ लद्धाखमा सीमा विवाद बल्झिए सगैँ पश्चिम थिएटर कमाण्ड अन्तर्गतका हजारौ सेनालाई सीमा नजिक केन्द्रीत गरेको छ ।
उसले अत्याधुनिक ब्याटल टंयाक, ड्रोन, हेलिकप्टर देखि स्टेल्थ फाईटर जेटलाई समेत तयारी अवस्थामा राखेको छ भने उच्च हिमाली क्षेत्रमा युद्धअभ्यास निरन्तर जारी राखेको छ ।
सन् १९६२ को सीमा युद्धयता पहिलो पटक दुबै देशबीचको तनाव तीव्र छ भने संभावित युद्धको तयारी पनि तीव्र ।
चीन विश्वको तेस्रो ठूलो सैन्य शक्ति हो भने भारत चौथो ठूलो सैन्य शक्ति हो । दुबै देशबीच ३४ सय किलो मिटर बढी सीमामा विवाद चलिरहेको छ । दर्जनौ पटक बार्ता भए पनि दुबै देश सहमतिमा पुग्न सकेका छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ