असार ४ काठमाण्डौं । विश्भर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको गति अझै रोकिएको छैन । गत डिसेम्बरमा चीनको वुहानमा देखा परेको यो भाईरसलेअहिले सम्मको अवधिमा ८३ लाख ९१ हजार बढीलाई संक्रमण गरीसकेको छ भने ४ लाख ५० हजार बढीको मृत्यु भईसकेको छ ।
यस्तै निको हुनेको संख्या ४३ लाख ७९ हजार पुगेको छ ।
विश्वमा कोरोनाको संक्रमण उच्च भएका शीर्ष दश देशको विवरण अनुसार सबै भन्दा धेरै अमेरीकामा मृतकको संख्या एक लाख १९ हजार नाघेको छ । त्यहाँ संक्रमित २२ लाख ३३ हजार नाघेको छ ।
यसै गरी ब्राजिलमा मृतकको संख्या ४६ हजार ६ सय १८ जना पुगेको भने संक्रमित ९ लाख ६० हजार ३ सय ९ पुगेको छ ।
यसै गरी रुसमा ५ लाख ५३ हजार ३ सय १ संक्रमित छन् भने ७ हजार ८ सय ४३ जनाको मृत्यु भएको छ ।
भारतमा ३ लाख ६७ हजार २ सय ६४ जना संक्रमित छन् भने १२ हजार ९ सय १५ जनाको मृत्यु भएको छ ।
बेलायतमा ४२ हजार १ सय ५३ जनाको मृत्यु भएको छ भने २ लाख ९९ हजार २ सय ५१ जना संक्रमित छन् ।
स्पेनमा कुल २ लाख ९१ हजार ७ सय ६३ संक्रमित छन् भने २७ हजार १ सय ३६ जनाको मृत्यु भएको छ । त्यहाँ केही साता यता कुनै मृत्यु भएको छैन ।
पेरुमा २ लाख ४० हजार ९ सय ८ जना संक्रमित छन भने ७ हजार २ सय ५७ जनाको मृत्यु भएको छ ।
ईटालीमा २ लाख ३७ हजार ८ सय २८ जना संक्रमित छन् भने ३४ हजार ४ सय ४८ जनाको मृत्यु भएको छ ।
ईरानमा १ लाख ९५ हजार ५१ जना संक्रमित भएका छन् भने भने ९ हजार १ सय ८५ जनाको मृत्यु भएको छ ।
जर्मनीमा एक लाख ९० हजार १ सय ७९ जना संक्रमित छन् भने ८ हजार ९ सय २७ जनाको मृत्यु भएको छ ।