चीन भारत सीमा तनावः भारतीय सेना अलर्ट, चीनीया सेनाद्धारा अभ्यास

चीन भारत सीमा तनावः भारतीय सेना अलर्ट, चीनीया सेनाद्धारा अभ्यास

  • बुधबार, असार ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 28.7K
    SHARES

असार ३ काठमाण्डौं । सोमबार राति लद्धाखमा चीन र भारतका सेनाबीच भएको रक्तपातपूर्ण झडपमा परी कर्णेल सहित २० भारतीय सेनाको मृत्यु भए पछि तनाव मत्थर पार्न कमाण्डर स्तरमा भएको वार्तामा सहमति नभएको र सीमानामा भारतीय सेनाले थप एलर्ट शुरु गरेको छ । १५ भारतीय सैनिक अझै बेपत्ता रहेको बताईएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार लद्धाखका अतिरिक्त हिमाञ्चल सहितका बोर्डरमा सेनाले उच्च सतर्कता अपनाएको छ । सीमावर्ती ईलाकामा थप सतर्कता र तैनाथी सेनाले जारी राखेको बताईएको छ ।
भारतले मारिएका सबै सैनिक अधिकारी तथा जवानको नाम आज सार्वजनिक गर्ने जनाईएको छ । गलवान घाँटीमा झडप पछि भारतले चीनले सम्झौता उलंघन गरेको बताएको छ भने चीन पक्षबाट भारतीय सेना सीमा रेखा पार गरेर आक्रमण शुरु गरे पछि प्रतिरोध गरेको दाबी गरिएको छ । भारतले लद्धाखमा निर्माणाधीन सडक निर्माणका लागि झारखण्डका १६ मय मजदुर लान तय गरेको रेल रद्ध गरेको पनि भारतीय अखबारहरुले जनाएका छन् ।
यो झडप सन् १९६२ को युद्धपछि गलवान घाटीमा सबै भन्दा ठुलो भएको बताईएको छ ।
चीन र भारतबीच ३४ सय ४० किलो मिटर भत्न्दा लामो सीमा विवाद रहेको छ ।
यसैबीच चीनीया जनमुक्ति सेनाले पनि भारतसगँ सीमामा बढिरहेको तनाबका बीच सैन्य अभ्यास जारी राखेको बताएको छ ।
वेष्टर्न थिएटर कमाण्ड अन्तर्गत अग्ला हिमाली क्षेत्रमा कम तापक्रममा गरिने युद्ध अभ्यासमा ड्रोन, हेलिकप्टर, अत्याधुनिक ब्याटल टैक समेत परिचालन गरिएको ग्लोबल टाईम्सले लेखेको छ ।

दुबैदेशले हिंशात्मक झडप भएका ठाँउबाट आफ्ना सेनाहरु केही पछि हटाएको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ