लद्धाखमा चीनीयासेनासगँको भीडन्तमा कर्णेल सहित २० भारतीय सेनाको मृत्यु , सीमा पार गरे पछि झडप भएको चीनीया जनमुक्ति सेनाको दाबी

लद्धाखमा चीनीयासेनासगँको भीडन्तमा कर्णेल सहित २० भारतीय सेनाको मृत्यु , सीमा पार गरे पछि झडप भएको चीनीया जनमुक्ति सेनाको दाबी

  • बुधबार, असार ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

नयाँदिल्ली असार ३ । दुवैदेशबीच युद्ध भएको ५० वर्ष पछि पुनः तनाव बढेका बेला लद्धाखमा चीन र भारतीय सेनाबीच हिंशात्मक र रक्तपातपूर्ण भीडन्तमा कर्णेंल सहित २० भारतीय सेना मारिएका छन् । यसको पुष्टी भारतीय सेनाले गरेको छ । चीनतिर पनि हताहती भएको दाबी गरिएको छ । तर चीनीया सेना र विदेश मन्त्रालयले कुनै तथ्यांक दिएको छैन ।
मारिनेमा भारत बिहार रेजिमेन्टका कर्णेल सन्तोष बाबु, हवल्दार पालानी र सिपाही कुन्दन झा रहेको पनि भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

मृतक सैनिकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको सो समाचारले लेखेको छ ।
सन् १९६२ को यद्धको शुरुको बेला भएको झडपमा लद्धाखको गलवानमा एकै पटक ३३ भारतीय सेना मारिए यता यो नै ठूलो संख्यामा हताहती भएको भारतीय सञ्चार माध्यमहरले लेखेका छन् ।
यसैबीच चीनीया जनमुक्ति सेनाको पश्चिम थिएटर कमाण्डका प्रवक्ता चाङ सुईलीले नियन्त्रण रेखा पार गरेर भारतीय सेनाले उक्साहटपूर्ण गतिविधि गरे पछि घटना भएको भन्दै त्यसलाई रोक्न माग गरेका छन् ।
उनले वाईबोमा लेखेको पोष्टमा जानी जानी नियन्त्रण रेखा पार गरेर, चीनीया जनमुक्ति सेनामाथि हमला शुरु गरे पछि प्रतिरोध गरेको बताएका छन् ।
यस अघि विदेश मन्त्री जाङ लिजियानले पनि नियन्त्रण रेखा उलंघन गरेर आक्रमण गरे पछि शसक्त प्रतिरोध गरेको बताएका थिए ।
भारतीय मिडियामा भने कुराकानीका लागि गएका भारतीय सेनामाथि धारीलो हतियार, लाठी र ढुंगाले आक्रमण चीनीया पक्षले गरेको दाबी गरिएको छ ।

हिजैभारतको विदेश मन्त्रालयले गरेको पत्रकरा सम्मेलनमा प्रवक्ता अनुराग श्रीवास्तावले जुन ६ को सम्झौता पालना गरेको भए यत्रो क्षति रोक्न सकिन्थ्यो भन्दै बार्ता मार्फत समाधानको विकल्प जारी राख्ने बताएका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार ढुंगा प्रयोग गरेर हानाहान भए पनि गोली भने प्रयोग भएको थिएन । झडप स्थलमा दुबै देशका सैन्य अधिकारीहरु पुगेर वार्ता गरी स्थिति साम्य गर्ने प्रयास गरेको बताईएको छ । जुन ६ मा दुबै देशका सैन्य अधिकारीबीच बार्ता भएको थियो ।

लद्दाखको पाङगोङ सो, गल्वान, डेमचोक र दौलत बेगमा ५ हप्तादेखि दुई देशबीच तनाव उत्पन्न भएको छ । यसअघि पनि पाङगोङ सो क्षेत्रमा दुई देशका सैनिकबीच हात हालाहाल भएको थियो ।
सन् १९६२ को युद्ध पछि पहिलो पटक दुबै देशले हतियार तथा सेनाको केन्द्रीकरण सीमामा तीव्र बनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ