लद्धाखमा चीन र भारतका सेनाबीच झडप, कर्णेल सहित ३ भारतीय सैनिकको मृत्यु

लद्धाखमा चीन र भारतका सेनाबीच झडप, कर्णेल सहित ३ भारतीय सैनिकको मृत्यु

  • मङ्लबार, असार २, २०७७
  • मिर्मिरे अनलाइन

  • 29.6K
    SHARES

नयाँदिल्ली असार २ । दुवैदेशबीच युद्ध भएको ५० वर्ष पछि पुनः तनाव बढेका बेला लद्धाखमा चीन र भारतीय सेनाबीच हिंशात्मक झडप भएको छ । जसमा एक अफिसर सहित ३ जना भारतीय सेनाको मृत्यु भएको छ ।
लद्दाखको गलवान उपत्यकमा दुई देशका सेनाबीच भएको झडपमा भारतीय सेनाका एक कर्णेलसहित तीन जना मारिएका हुन् ।

भारतीय सेनाको मुख्यालयले दिएको जानकारीअनुसार सोमबार राति चिनियाँ सेनासँग लामो घण्टौ सम्म झडप भएको थियो । भारतीय सञ्चार माध्यमका अनुसार ढुंगा प्रयोग गरेर हानाहान भए पनि गोली भने प्रयोग भएको थिएन । झडप स्थलमा दुबै देशका सैन्य अधिकारीहरु पुगेका छन् । सैन्य अधिकारी स्तरमा बार्ता जारी रहेका बेला यो झडप भएको हो ।
चीनीया सेना तर्फ भएको क्षतिबारे चीनीया जनमुक्ति सनोको तर्फबाट कुनै प्रतिकृया सार्वजनिक भएको छैन ।

लद्दाखको पाङगोङ सो, गल्वान, डेमचोक र दौलत बेगमा ५ हप्तादेखि दुई देशबीच तनाव उत्पन्न भएको छ । यसअघि पनि पाङगोङ सो क्षेत्रमा दुई देशका सैनिकबीच हात हालाहाल भएको थियो ।
सन् १९६२ को युद्ध पछि पहिलो पटक दुबै देशले हतियार तथा सेनाको केन्द्रीकरण सीमामा तीव्र बनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ