चीनको बेईजिङमा वुहानमा भन्दा पनि बढी प्रतिशत दरमा संक्रमित बढ्न सक्ने भन्दै सम्पूर्ण बजार स्कुल बन्द

चीनको बेईजिङमा वुहानमा भन्दा पनि बढी प्रतिशत दरमा संक्रमित बढ्न सक्ने भन्दै सम्पूर्ण बजार स्कुल बन्द

  • मङ्लबार, असार २, २०७७
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

एजेन्सी जेष्ठ असार २ । चीनमा कोरोना भाईरसको दोस्रो लहर शुरु हुन सक्ने चिन्ता बढीरहेका बेला राजधानी बेईजिङको सिनफादी खाद्य बजारबाट भाईरस फैलन शुरु भए पछि बजार तथा स्कुलहरु सम्पूर्ण रुपमा बन्द गरिएका छन् ।
वुहानको वेट मार्केटमा जस्तै वा त्यो भन्दा पनि बढी मात्रामा संक्रमित फैलन सक्ने भन्दै सो खाद्य बजार सहितका अन्य बजार बन्द गरिएका छन् । कोरोना माथि नियन्त्रण पछि खुलेका बिद्यालयहरु पुनः बन्द भएका छन् । होटल, रेष्टुरेन्ट, जस्ता सेवामुलक व्यवशाय पनि बन्द भएका छन् ।
सिनफादी होलसेल मार्केटमा देखिएको कोरोना भाईरस युरोपमा उत्पती भएको दाबी बेईजिङ स्थित रोग नियन्त्रण तथा रोकथाम महाशाखाका अधिकारीहरुलाई उद्धृत गर्दै सिसिटिभीले उल्लेख गरेको छ ।
अधिकारीहरुले खाद्य बस्तु या कुनै पनि नागरिकबाट उक्त भाईरस चीन प्रवेश गरेको अनुमान गरेका छन् ।
वेईजिङमा चार दिनमा ७९ जना संक्रमित फेला परेका छन् । त्याहाँ मास परीक्षणको रुपमा दैनिक ७० हजार भन्दा बढीको परीक्षण जारी रहेको पनि अधिकारीहरुले जनाएका छन् । सिनफादी बजारका २ लाख बढीलाई स्क्रीनीङ गरिएको पनि बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ