असार २ काठमाण्डौं । विश्भर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको गति अझै रोकिएको छैन ।
गत डिसेम्बरमा चीनको वुहानमा देखा परेको यो भाईरसले ७ महिना भन्दा बढीको अवधिमा ८१ लाख १२ हजार बढीलाई संक्रमण गरीसकेको छ भने ४ लाख ३९ हजार बढीको मृत्यु भईसकेको छ ।
यस्तै निको हुनेको संख्या ४२ लाख नाघेको छ ।
विश्वमा कोरोनाको संक्रमण उच्च भएका शीर्ष दश देशको विवरण अनुसार सबै भन्दा धेरै अमेरीकामा मृतकको संख्या एक लाख १८ हजार नाघेको छ । त्यहाँ संक्रमित २१ लाख ८२ हजार नाघेको छ ।
यसै गरी ब्राजिलमा मृतकको संख्या ४४ हजार १ सय १८ जना पुगेको भने संक्रमित ८ लाख ९१ हजार ५ सय ५६ पुगेको छ ।
यसै गरी रुसमा ५ लाख ३७ हजार २ सय १० संक्रमित छन् भने ७ हजार ९१ जनाको मृत्यु भएको छ ।
भारतमा ३ लाख ४३ हजार २६ जना संक्रमित छन् भने ९ हजार ९ सय १५ जनाको मृत्यु भएको छ ।
बेलायतमा ४१ हजार ७ सय ३५ जनाको मृत्यु भएको छ भने २ लाख ९६ हजार ८ सय ५७ जना संक्रमित छन् ।
स्पेनमा कुल २ लाख ९१ हजार १ सय ८९ संक्रमित छन् भने २७ हजार १ सय ३६ जनाको मृत्यु भएको छ । त्यहाँ पछिल्लो समय कुनै मृत्यु भएको छैन ।
ईटालीमा ३४ हजार ३ सय ७१ जनाको मृत्यु भएको छ भने २ लाख ३७ हजार २ सय ९० जना जना संक्रमित छन् ।
पेरुमा २ लाख ३२ हजार ९ सय ९२ जना संक्रमित छन भने ६ हजार ८ सय ६० जनाको मृत्यु भएको छ ।
ईरानमा १ लाख ८९ हजार ८ सय ७६ जना संक्रमित भएका छन् भने भने ८ हजार ९ सय ५० जनाको मृत्यु भएको छ ।
जर्मनीमा एक लाख ८८ हजार ४४ जना संक्रमित छन् भने ८ हजार ८ सय ८५ जनाको मृत्यु भएको छ ।