एजेन्सी असार १ । नेपालले ससदबाट समेत लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नक्सा सार्वजनिक भए पछि चिढिएको भारतका रक्षा मन्त्री राजनाथ सिंहले लिपुलेक मानसरोबर सडकलाई लिएर नेपालमा भ्रम पैदा भएको जिकिर गरेका छन् ।
भारतको पिथौरागढबाट नेपालको भूमि लिपुलेक हुदै गएको सडकको नेपालले विरोध गर्दै नक्सा समेत ल्याएर बार्ताको लागि दबाब दिईरहे पनि त्यसमा अटेर भईरहेका बेला रक्षामन्त्री सिंहले बार्ताबाट समाधान हुने बताए ।
आज उत्तराखण्ड जनसंवादलाई संवोधन गर्दै उनले दुई देशको सम्बन्ध कसैले चाहेर तोड्न नसक्ने रोटीबेटीको सम्बन्ध भएको दाबी गरे ।
उनै रक्षा मन्त्रीले गत मे ८ मा लिपुलेक हुदै मानसरोबर जोड्ने सडक उद्घाटन गरे पछि नेपालमा ब्यापक बिरोध शुरु भएको थियो ।
सिंहले भने, ‘भारतीय सेनामा गोरखा रेजिमेन्ट छ, जसले पटक–पटक शौऱ्य र पराक्रमको परिचय दिएको छ । त्यो गोरखा रेजिमेन्टको पनि यस्तै उद्घोष छ, ‘जय महाकाली, आयो गोरखाली ।’
दार्चुलामा तारबार लगाए पनि दुई देशको सम्बन्ध नतोडिने सिंहले बताए ।
बाबा पशुपतिनाथ को हम कैसे भूल सकते हैं।बाबा पशुपतिनाथ हों या चाहे हमारे भारत में काशी विश्वनाथ, सोमनाथ इन सबको अमरनाथ से अलग कोई कैसे कर सकता है?
यह सम्बन्ध तो इस लोक का नही है बल्कि मैं यह मानता हूं कि यह संबंध दूसरे लोक का है, जो चाह कर भी कोई इसे बदल नहीं सकता है। pic.twitter.com/cz9B9V1XMH
— Rajnath Singh (मोदी का परिवार) (@rajnathsingh) June 15, 2020