ओमनमा अलपत्र परेका एक सय ६६ जना नेपाली आज काठमाण्डौ आईपुग्दै

ओमनमा अलपत्र परेका एक सय ६६ जना नेपाली आज काठमाण्डौ आईपुग्दै

  • सोमवार, असार १, २०७७
  • मिर्मिरे अनलाइन

  • 16.4K
    SHARES

काठमाडौँ असार १ । ओमानमा अलपत्र परेका एक सय ६६ जना नेपालीकामदारलाई आज सलाम एयरको बिमानबाट काठमाण्डौ ल्याईदै छ । ल्याउनु पर्ने करीब ६ सय जना मध्य पहिलो लटमा यो टोली ल्याउन लागिएको हो ।

आज दिउसो उनीहरु काठमाण्डौ आईपुग्न लागेका हुन् । दुतावासले बर्गीकृत गरेका कामदार मध्य ओमनबाट पहिलो टोली आईपुग्न लागेको हो । यस अघि हिजो बंगलादेशबाट ४५ जनालाई ल्याईएको थियो ।
यस अघि कुबेतबाट पनि नेपालीहरु ल्याईएको थियो । सरकारले तय गरेको भन्दा झन्डै ८ हजार रुपैयाँ कम ३६ हजार रुपैयाँमा सलाम एयरले उडान गरेको हो । सरकारले मस्कटबाट चार्टर गर्दा नेपाल एयरलाइन्सको लागि ३ सय ६६ डलर झन्डै ४४ हजार रुपैयाँ र हिमालयन एयरलाइन्सका लागि सरकारले झन्डै ४८ हजार रुपैयाँ भाडा कायम गरेको थियो । ओमानबाट अर्को उडान असार ४ गते बिहीबार हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी