एजेन्सी असार १ । रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले अमेरीकामा रंगदेभ बिरुद्ध शुरु भएको आन्दोलनले अमेरीकाको गहिरो संकटलाई प्रतिविम्वित गरेको बताएका छन् ।
पुटिनले रुसी टेलिभिजन रोसियो १ लाई अन्तवार्ता दिदै कोरोना भाईरस बिरुद्ध राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको व्यवस्थापन पनि प्रश्न उठेको टिप्पणी गरे ।
रुसी नेताहरुले अमेरीकामा काला अमेरीकीहरुलाई समर्थन गर्दै आएका छन् । उनले रुस जहिले पनि अफ्रिकन अमेरीकनहरुको प्राकृतिक अधिकारप्रति सहानुभुति राख्दै आएको पनि बताए ।
रुसमा मे २५ मा जर्ज फलेईड नामका काला व्यक्तिलाई प्रहरीले घाटीमा घुडाँले थिचेर बर्बर हत्या गरेको बिरोधमा अमेरीका सहित यूरोपभर आन्दोलन चल्दै आएको छ ।
अमेरीकी राष्ट्रपति ट्रम्पलाई अघिल्लो निर्वाचनमा रुसले सहयोग गरेको आरोप लागेको र यसै बर्ष अमेरीकामा राष्ट्रपतीय निर्वाचन हुनै लाग्दा रुसी राष्ट्रपतिको यो टिप्पणी सार्वजनिक भएको हो ।