विश्वभर कोरोना संक्रमित ७९ लाख ८२ हजार माथि, मृतक ४ लाख ३५ हजार

विश्वभर कोरोना संक्रमित ७९ लाख ८२ हजार माथि, मृतक ४ लाख ३५ हजार

  • सोमवार, असार १, २०७७
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

असार १ काठमाण्डौं । विश्भर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको गति अझै रोकिएको छैन ।
गत डिसेम्बरमा चीनको वुहानमा देखा परेको यो भाईरसले ६ महिना भन्दा बढीको अवधिमा ७९ लाख ८२ हजार बढीलाई संक्रमण गरीसकेको छ भने ४ लाख ३५ हजार बढीको मृत्यु भईसकेको छ ।
यस्तै निको हुनेको संख्या ४१ लाख नाघेको छ ।

विश्वमा कोरोनाको संक्रमण उच्च भएका शीर्ष दश देशको विवरण अनुसार सबै भन्दा धेरै अमेरीकामा मृतकको संख्या एक लाख १७ हजार ८ सय ५३ जना पुगेको छ । त्यहाँ संक्रमित २१ लाख ६१ हजार नाघेको छ ।

यसै गरी ब्राजिलमा मृतकको संख्या ४३ हजार ३ सय ८९ जना पुगेको भने संक्रमित ८ लाख ६७ हजार ८ सय ८२ पुगेको छ ।

यसै गरी रुसमा ५ लाख २८ हजार ९ सय ६४ संक्रमित छन् भने ६ हजार ९ सय ४८ जनाको मृत्यु भएको छ ।

भारतमा ३ लाख ३३ हजार ८ जना संक्रमित छन् भने ९ हजार ५ सय २० जनाको मृत्यु भएको छ ।

बेलायतमा ४१ हजार ६ सय ९८ जनाको मृत्यु भएको छ भने २ लाख ९५ हजार ८ सय ८९ जना संक्रमित छन् ।

स्पेनमा कुल २ लाख ९१ हजार ८ संक्रमित छन् भने २७ हजार १ सय ३६ जनाको मृत्यु भएको छ । त्यहाँ पछिल्लो समय कुनै मृत्यु भएको छैन ।

ईटालीमा ३४ हजार ३ सय ४५ जनाको मृत्यु भएको छ भने २ लाख ३६ हजार ९ सय ८९ जना जना संक्रमित छन् ।

पेरुमा २ लाख २९ हजार ७ सय ३६ जना संक्रमित छन भने ६ हजार ६ सय ८८ जनाको मृत्यु भएको छ ।

जर्मनीमा एक लाख ८७ हजार ६ सय ७१ जना संक्रमित छन् भने ८ हजार ८ सय ७० जनाको मृत्यु भएको छ ।

ईरानमा १ लाख ८७ हजार ४ सय २७ जना संक्रमित भएका छन् भने भने ८ हजार ८ सय ३७ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ