जेष्ठ ३२ एजेन्सी । उत्तर कोरीयाका राष्ट्रपति कि जोगं उनकी बहीनी किम यो जोगंले दक्षिण कोरीया बिरुद्ध अर्को कदम चाल्न सक्ने चेतावनी दिए पछि दक्षिण कोरीयामा तनाव उत्पन्न भएको छ ।
सिमानामा उत्तर कोरीया बिरुद्ध प्रचारात्मक बेलुन उडाउने कार्य रोक्न असफल भएको भन्दै दक्षिण कोरीयासगँको हटलाईन सम्पर्क यस अघि नै बन्द गरेको उत्तर कोरीयाका तर्फबाट जोगंले अर्को कदम चाल्ने चेतावनी जारी गरे लगत्तै दक्षिण कोरीयाले सैन्य आक्रमण समेत हुन सक्ने चिन्ताका साथ विगतका दुई कोरीयाबीचको सम्झौताको पालना गर्न आग्रह गरेको छ ।
दक्षिण कोरीयाका एकीकरण मन्त्रीले आज विज्ञप्ति जारी गरी किम जो योगको चेतावनीलाई गंभीरताका साथ लिएको र दुबै देशले विगतका सम्झौतामा अडिनु पर्नेमा जोड दिएका छन् ।
किमले सैन्य अधिकारीहरुलाई समेत आवस्यक तयारी गर्न निर्देशन दिएको समेत बताईएको छ ।
गत हप्ता मात्रै उत्तर कोरीयाले दक्षिण कोरीयालाई शत्रु राष्ट्र घोषणा गरेको थियो ।
सन् १९५३ मा युद्ध पछि विभाजित दुई कोरीयाबीचको तनाव कायम छ ।