जेष्ठ ३२ काठमाण्डौं । विश्भर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको गति अझै रोकिएको छैन ।
गत डिसेम्बरमा चीनको वुहानमा देखा परेको यो भाईरसले ६ महिना भन्दा बढीको अवधिमा ७८ लाख बढीलाई संक्रमण गरीसकेको छ भने ४ लाख ३१ हजार बढीको मृत्यु भईसकेको छ ।
यस बीच कुनै भ्याक्सिन र दवाई पत्ता नलागेको अवस्थामा समेत ४० लाख बढी मानिस कोरोनाबाट निको हुन सफल भएको पाईएको छ । यो भनेको कुल संक्रमणको ५० प्रतिशत भन्दा बढी हो । अमेरीकामा मात्रै ८ लाख ५० हजार बढी निको भएको देखिएको छ । अमेरीकामा २१ लाख बढी संक्रमित रहेका छन् । यस्तै ब्राजिलमा ४ लाख बढी संक्रमित ठीक भएका छन् । ब्राजिलमा ८ लाख बढी संक्रमित छन् । रुसमा दुई लाख ७४ हजार बढी संक्रमित निको भएको छ । जहाँ ५ लाख बढी संक्रमित छन् । यी तथ्याकंहरु सम्बन्धित देशको स्वास्थ्य विभागहरुले जारी गरेको विवरणहरुमा आधारीत छ ।
यस्तै भारतमा एक लाख ६२ हजार बढी निको भएका छन् । जहाँ संक्रमित ३ लाख २१ हजार बढी छ ।
बेलायत र स्पेनमा भने निको भएकाहरुको यकिन विवरण छैन । तर स्पेनमा पछिल्लो समय कुनै पनि संक्रमितको मृत्यु भएको देखिएको छैन ।
धेरैलाई लागिरहेको छ कि भ्याक्सिन छैन, औषधी छैन भन्दा भन्दै पनि कसरी यति धेरै मानिसहरु निको भईरहेका छन् त ?
तर चिकित्सकहरुले अन्य वैकल्पिक औषधी, इम्युनिटी वृद्धि आद कारणले संक्रमण मुक्त गराउदै आएका छन् भने कतिपय संक्रमितहरु क्वारेन्टाईन र आईसोलेसनमा रहने क्रममा सामान्य उपचार पछि नै कोरोना जीत्न सफल भईरहेको बताईएको छ ।
तथ्यांक अनुसार बालकदेखि एक सय १३ बर्ष सम्मका बृद्धाले कोरोना जीतेको देखिन्छ । मे ३ मा स्पेनकी एक १ सय १३ बर्षे वृद्ध महिलाले कोरोना जीतेकी थिईन् ।
यस्तै एक लाख ३५ हजार बढी संक्रमित रहेको पाकिस्तानमा ५० हजार बढी निको भएका छन् । नेपालमा भने ५ हजार बढी संक्रमित भएको अवस्थामा एक हजार भन्दा कम निको भएका छन् ।