सन् २०२० को अन्त्य सम्ममा युरोपमा पनि कोरोनाको भ्याक्सिन उपलव्ध हुन सक्ने

सन् २०२० को अन्त्य सम्ममा युरोपमा पनि कोरोनाको भ्याक्सिन उपलव्ध हुन सक्ने

  • आइतवार, जेष्ठ ३२, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

एजेन्सी जेष्ठ ३२ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना बिरुद्धको भ्याकिक्सनको खोजी र अनुसन्धान संसारभर चलिरहेका छन् । यस अभियानम युरोपमा पनि आशाको संञ्चार पैदा भएको छ । युरोपमा यो गर्मी मौसम सकिए लगत्तै या यो बर्षको अन्त्य सम्ममा ४० करोड भ्याक्सिन उपलव्ध हुन सक्ने अपेक्षा गरिएको अधिकारीहरुले जनाएका छन् ।
हालै युरोपको भ्याक्सिन बनाउने कम्पनी अस्त्राजेनेकासगँ जर्मन, फ्रान्स, ईटाली र नेदरल्याण्डले एक सम्झौता गरेका छन् । जस अनुसार कम्पनीले उत्पादन गरेका ४० करोड भ्याक्सिन ती देशहरुले खरीद गर्ने छन् ।
ती भ्याक्सिन युरोपका सदस्य राष्ट्रहरुलाई वितरण गरिने जनाईएको छ । यो कम्पनीको लाईसेन्स बेलायतमा दर्ता रहेको छ ।
यस कम्पनीले यो बर्षको अन्त्य अघि नै भ्याक्सिन निर्यात शुरु गर्न सक्ने अपेक्षा गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी पास्कल सोरीयोले सबैकुरा ठीकै रहेमा युरोपका करोडौ नागरिकलाई भ्याक्सिन मिल्न सुनिस्चित भएको बताउदै गर्मी अन्त्य हुदा सम्म यो कुरा थाहा लाग्ने जनाए ।
कोरोना भाईरस विरुद्धको भ्याक्सिन परीक्षणकै चरणमा रहेकोले कुनै पनि भ्याक्सिन अन्तिम रुपमा हाल सम्म विश्वमा तयार भने भईसकेको पाईदैन ।
नयाँ भ्याक्सिनको नाम एजेड डी वान २२२ राखिएको छ । बेलायतको अक्सफर्ड विश्व विद्यालयसगँ जोडिएर कम्पनीले यसका लागि काम गरीरहेको छ ।
यसै कम्पनीसगँ यस अघि अमेरीकाले पनि ३० करोड भ्याक्सिनका लागि सम्झौता गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ