एजेन्सी जेष्ठ ३१ । नेपालका बारे केही समय अघि विवादास्पद अभिव्यक्ति दिएका भारतीय सेना प्रमुख मुकुन्द नरवणेले नेपालसगँ विगतमा पनि राम्रो सम्बन्ध रहेको र भविष्यमा पनि राम्रो सम्बन्ध रहने बताएका छन् ।
केही समय अघि उनले नेपालले चीनको ईशासामा लिपुलेकको मुद्धा उठाएको भनेर टिप्पणी गरे पछि उनको नेपालमा र भारत भित्र समेत आलोचना भएको थियो ।
आज भारतको उत्तराखण्ड स्थित एक सैनिक एकेडेमीमा पासिङ आउट कार्यक्रममा बोलदै उनले नेपालसगँ भौगोलिक, धार्मिक, सांस्कृतिकि र ऐतिहासिक कडीबाट एक अर्कोसगँ जोडिएको भन्दै नरवाणेले जनता जनताबाट पनि राम्रो सम्बन्ध बनेको बताए ।
लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेको नक्सा निशान छापमा परिवर्तन गर्ने तयारी भईरहेका बेला उनले त्यो विवादका बारेमा भने यस पटक मुख खोलेनन् ।
नेपालको सीमाना अतिक्रमण गरेको भारतले आफ्नै भूमि दाबी गर्दै कालापानीबाट सेना फिर्ता लगेको छैन भने भूमि फिर्ता र बार्तामा कुनै तत्परता देखाएको छैन ।