कोरीयाबाट रित्तै काठमाण्डौं आएर कामदार लादै कोरीयन एयरलाईन्स, अलपत्र एक हजार नेपालीलाई महंगो भाडामा असारमा ल्याईने ?

कोरीयाबाट रित्तै काठमाण्डौं आएर कामदार लादै कोरीयन एयरलाईन्स, अलपत्र एक हजार नेपालीलाई महंगो भाडामा असारमा ल्याईने ?

  • शनिबार, जेष्ठ ३१, २०७७
  • मिर्मिरे अनलाइन

  • 18.4K
    SHARES

सियोल जेष्ठ ३१ । कोरीयामा भिसा सकिएर अलपत्र परेका एक हजार जति नेपालीले यस अघि पनि दुतावासमा स्वदेश फर्कने बातावरण बनाउन माग गर्दै धर्ना दिएका थिए । तर अझै पनि सुनुवाई नभएको र बिचल्लि हुने स्थिति आएको गुनासो गरेका छन् । उनीहरुले मे २४ र जुन ७ मा नेपाली दुतावासमा धर्ना दिएर ज्ञापन पत्र बुझाएका थिए ।
यहि जुन १६र २० मा कोरियन एयर कोरिया बाट खाली रित्तै काठमाण्डौं आएर नेपाल बाट छुट्टीमा गएका नेपाली हरुलाइ कोरिया ल्याउदै छ । तर भिसा सकिएर अध्यागमनमा दुखः पाईरहेका नेपालीहरुले आउने प्रवन्ध अझै नभएको गुनासो गरेका छन् । उनीहरुले काठमाण्डौं आउन लागेको कोरीयन जहाजमा फर्कने व्यवस्था गरिदिन पुनः माग गरेका छन् । सरकारले अनुमति दिएर व्यवस्थापन गरे लाग्ने सबै शुल्क आफै तिर्न तयार रहेको कोरीयामा रहेका सुभाष ढकालले बताए । उनकै नेतृत्वमा यस अघि पनि दुतावासमा धर्ना दिईएको थियो ।
कोरीयाबाट रित्तै आउन लागेको जहाजमा नल्याउने तर असार ७ गते नेपाल एयरलाईन्सको चार्टरमा ल्याउने निर्णयले नेपालीहरु थप मर्माहत भएको एनआरएनए कोरीयाका अध्यक्ष यज्ञराज सुबेदीले बताए ।
यसले नेपालीहरुलाई महंगो भाडा पर्ने भन्दै उनले अहिले रित्तै आउन लागेको जहाजमा आउने वातावरण बनाउन माग गरे ।

तर कोरीयान एयरलाईन्स छुट्टीमा आएका कामदार लिन आउने बारे भने कुनै जानकारी नपाएको कोरीया स्थित नेपाली राजदुतावासले उल्लेख गरेको छ ।

हेर्नुस् दुतावासको सुचनाः

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी