विश्वभर थामिएन कोरोनाको गति एकै दिन एक लाख ४० हजार बढी संक्रमित

विश्वभर थामिएन कोरोनाको गति एकै दिन एक लाख ४० हजार बढी संक्रमित

  • शनिबार, जेष्ठ ३१, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

जेष्ठ ३१ काठमाण्डौं । विश्भर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको गति अझै रोकिएको छैन ।
गत डिसेम्बरमा चीनको वुहानमा देखा परेको यो भाईरसले ६ महिना भन्दा बढीको अवधिमा ७७ लाख बढीलाई संक्रमण गरीसकेको छ भने ४ लाख २७ हजार बढीको मृत्यु भईसकेको छ ।
पछिल्लो २४ घण्टामा विश्वभर एक लाख ४० हजार बढी नयाँ संक्रमित फेला परेको वल्र्ड मिटरले उल्लेख गरेको छ । यो सगैँ विश्वभर संक्रमितको संख्या ७७ लाख नाघेको छ । यस्तै मृतकको संख्या पनि चार लाख २७ हजार नाघेको छ । यस्तै निको हुनेको संख्या ३९ लाख १९ हजार नाघेको छ ।

विश्वमा कोरोनाको संक्रमण उच्च भएका शीर्ष दश देशको विवरण अनुसार सबै भन्दा धेरै अमेरीकामा मृतकको संख्या एक लाख १६ हजार ८ सय १९ जना पुगेको छ । त्यहाँ संक्रमित २१ लाख १६ हजार नाघेको छ ।

यसै गरी ब्राजिलमा मृतकको संख्या ४१ हजार ९ सय १ जना पुगेको भने संक्रमित ८ लाख २९ हजार ९ सय २ पुगेको छ ।

यसै गरी रुसमा ५ लाख ११ हजार ४ सय २३ संक्रमित छन् भने ६ हजार ७ सय १५ जनाको मृत्यु भएको छ ।

भारतमा ३ लाख ९ हजार ६ सय ३ जना संक्रमित छन् भने ८ हजार ८ सय ९० जनाको मृत्यु भएको छ ।

बेलायतमा ४१ हजार ४ सय ८१ जनाको मृत्यु भएको छ भने २ लाख ९२ हजार ९ सय ५० जना संक्रमित छन् ।

स्पेनमा कुल २ लाख ९० हजार २ सय ८९ संक्रमित छन् भने २७ हजार १ सय ३६ जनाको मृत्यु भएको छ । त्यहाँ पछिल्लो केही दिन यता कुनै मृत्यु भएको छैन ।

ईटालीमा ३४ हजार २ सय २३ जनाको मृत्यु भएको छ भने २ लाख ३६ हजार ३ सय ५ जना जना संक्रमित छन् ।

पेरुमा २ लाख २० हजार ७ सय ४९ जना संक्रमित छन भने ६ हजार ३ सय ८ जनाको मृत्यु भएको छ ।

जर्मनीमा एक लाख ८७ हजार २ सय ५१ जना संक्रमित छन् भने ८ हजार ८ सय ६३ जनाको मृत्यु भएको छ ।

ईरानमा १ लाख ८२ हजार ५ सय २५ जना संक्रमित भएका छन् भने भने ८ हजार ६ सय ५९ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ