विश्वभर फेरी कोरोनाको दोस्रो लहर आउन सक्ने चिन्ता बढ्दै: चीन, दक्षिण कोरीया र ईरानमा बढ्यो नयाँ संक्रमण

विश्वभर फेरी कोरोनाको दोस्रो लहर आउन सक्ने चिन्ता बढ्दै: चीन, दक्षिण कोरीया र ईरानमा बढ्यो नयाँ संक्रमण

  • शनिबार, जेष्ठ ३१, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

एजेन्सी जेष्ठ ३१ । विश्वभर कोरोनाको पहिलो लहरको अन्त्य भईनसक्दै दोस्रो लहर शुरु हुन सक्ने चिन्ता बढेको छ । कोरोनामाथि जीतको घोषणा गरीसकेको चीनमा फेरी केही नयाँ संक्रमणको मामला देखिएका छन् भने दक्षिण कोरीयामा पनि केही नयाँ संक्रमण देखा परेको छ ।
यसै गरी नियन्त्रणको स्थितिमा पुगेको ईरानमा पनि लगातार कोरोना संक्रमण फेरी बढेको छ ।
चीनको राजधानी बेईजिगंमा लगातार दोस्रो दिन पनि कोरोना संक्रमितको संख्या बढे पछि ६ वटा खाद्य बजार बन्द गरिएको जनाईएको छ ।
यस्तै दक्षिण कोरीयामा कोरोनाको नयाँ संक्रमित बढ्न थाले पछि ईन्सेन्टिभ प्रिभेन्सन कार्य अनिश्चित कालका लागि बढाईएको बिबिसीले जनाएको छ ।
यस्तै ईरानमा पनि लगागतार संक्रमित बढीरहेको छ । यस अघि न्युनमात्रामा संक्रमित देखिन थाले पछि पल्लिो समय दैनिक २ हजार भन्दा बढी नयाँ मामला देखा पर्न थालेको जनाईएको छ ।
यद्यपि, विश्व स्वासथ्य संगठनका कार्यकारी निर्देशक डा. माईकल रायनले केही समय कोरोना नियन्त्रण गरेका मुलुकमा समेत भाईरसले फेरी खुट्टा पसारीरहेको देखिएको बताए ।
उनले यस्तो अवस्थामा सामाजिक दुरी, परीक्षणको विस्तार र नियमहरुको पालना गर्न पनि अपिल गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ