विश्वभर कोरोनाका कारण विश्वभर मृत्यु हुनेको संख्या ४ लाख २३ हजार माथि, संक्रमित ७५ लाख ८० हजार नाघ्यो

विश्वभर कोरोनाका कारण विश्वभर मृत्यु हुनेको संख्या ४ लाख २३ हजार माथि, संक्रमित ७५ लाख ८० हजार नाघ्यो

  • शुक्रबार, जेष्ठ ३०, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

जेष्ठ ३० काठमाण्डौं । विश्भर महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण विश्वभर मृत्यु हुनेको संख्या ४ लाख २३ हजार नाघेको छ । साथै संक्रमितको संख्या ७५ लाख नाघेको छ । हजार पार भएको छ । यस्तै निको हुनेको संख्या ३८ लाख ३३ हजार नाघेको छ ।

विश्वमा कोरोनाको संक्रमण उच्च भएका शीर्ष दश देशको विवरण अनुसार सबै भन्दा धेरै अमेरीकामा मृतकको संख्या एक लाख १६ हजार २९ जना पुगेको छ । त्यहाँ संक्रमित २० लाख ८९ हजार नाघेको छ ।

यसै गरी ब्राजिलमा मृतकको संख्या ४१ हजार ५८ जना पुगेको भने संक्रमित ८ लाख ५ हजार ६ सय ४९ पुगेको छ ।

यसै गरी रुसमा ५ लाख २ हजार ४ सय ३६ संक्रमित छन् भने ६ हजार ५ सय ३२ जनाको मृत्यु भएको छ ।

भारतमा २ लाख ९८ हजार २ सय ८३ जना संक्रमित छन् भने ८ हजार ५ सय १ जनाको मृत्यु भएको छ ।

बेलायतमा ४१ हजार २ सय ७८ जनाको मृत्यु भएको छ भने २ लाख ९१ हजार ४ सय ९ जना संक्रमित छन् ।

स्पेनमा कुल २ लाख ८९ हजार ७ सय १ संक्रमित छन् भने २७ हजार १ सय ३६ जनाको मृत्यु भएको छ । त्यहाँ पछिल्लो केही दिन यता कुनै मृत्यु भएको छैन ।

ईटालीमा ३४ हजार १ सय ६७ जनाको मृत्यु भएको छ भने २ लाख ३६ हजार १ सय ४२ जना जना संक्रमित छन् ।

पेरुमा २ लाख १४ हजार ७ सय ८८ जना संक्रमित छन भने ६ हजार १ सय ९ जनाको मृत्यु भएको छ ।

जर्मनीमा एक लाख ८७ हजार ७ सय ९५ जना संक्रमित छन् भने ८ हजार ८ सय ५१ जनाको मृत्यु भएको छ ।

ईरानमा १ लाख ८० हजार १ सय ५६ जना संक्रमित भएका छन् भने भने ८ हजार ५ सय ८४ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ