चीन र भारतद्धारा सीमामा थप सेना र हतियार केन्द्रीत गर्ने क्रम बढ्यो, थप तनाब बढ्दै

चीन र भारतद्धारा सीमामा थप सेना र हतियार केन्द्रीत गर्ने क्रम बढ्यो, थप तनाब बढ्दै

  • बिहिबार, जेष्ठ २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 22.6K
    SHARES

जेष्ठ २९ काठमाण्डौं । विश्वकै ठूलो जनसंख्या भएका बिशाल दुई छिमेकी मुलुक चीन र भारतबीच लद्धाख लगायतका सीमा क्षेत्रमा जारी लामो बिबाद कायम छ ।

दुबै देशबीच जुन ८ मा सैन्य अधिकारी स्तरमा बार्ता भएर सकारात्मक संकेत भनिए पनि र विदेश मन्त्रालयहरुका बक्तव्यहरुमा आपसी सहमति र वार्ताबाट निकास निकाल्ने भनिए पनि  हिमालय सीमा क्षेत्रमा अत्याधुनिक आर्टिलरी हतियार, सैनिक संख्या, एयरबेसक्याम्पमा लडाकु विमानको केन्द्रीकरण शुरु भएको दुबै देशका मिडियामा खबर आएका छन् ।

चीनीया जनमुक्ति सेनाको स्रोतलाई उद्धृत गर्दै ग्लोबल टाईम्सले लेखेको समाचार अनुसार सेनाको ७५ औं समुहले भारतसगँ सीमामा तनाब बढीरहेका बेला घातक भेईकल ह्वीजर पिसिएल १८१ थप केन्द्रीत गरेको र अभ्यासमा सामेल गरेको छ । यो हतियार सेनामा गत अक्टोबरमा मात्रै सामेल गरिएको थियो ।
जनमुक्ति सेनाका अनुसार हिमाल तथा पहाडी विकट क्षेत्रमा युद्धका लागि लक्षित गरेर निर्माण गरिएको यो टैक जस्तो सुकै स्थानमा र जुनसुकै समयमा परिचालन गर्न सकिने छ । यसै गरी स्टेल्थ फाईटर जे २० समेतले उडान भरेको उक्त समाचारमा उल्लेख छ ।
हिमाली क्षेत्रमा निरन्तर युद्धअभ्यास गरीरहेको चीनले लद्धाख सहित सीमा क्षेत्रमा सेनाको संख्या समेत बृद्धि गरेको जनाईएको छ ।
यसैबीच, भारतले समेत एकातिर वार्ता भन्दै सीमामा चीनले हर्कत गरेको र लद्धाख बाहेक अरुणाञ्चलको सीमानामा समेत सेना तैनाथ गरेको दाबी गर्दै चीनीया सेनामाथि भर पर्न नसकिने प्रतिकृया जनाएको छ ।
ईन्डिया टुडेले लद्धाखदेखि अरुणाञ्चलको सीमानामा समेत सेना बढाएको भन्दै भारतले पनि सीमामा अतिरिक्त फौज समेत तैनाथ गरेको उल्लेख गरेको छ ।
सो समाचारका अनुसार लद्धाख, अरुणाञ्चल,हिमाञ्चल, उत्तराखण्डमा समेत भारतीय फौज र रिजर्भ फोर्स बढाईएको छ ।

भारतीय सेनाको तीन डिभिजन र दुई ब्रिगेड ईन्फेन्ट्री तनावपूर्ण ईलाकामा पठाईएको छ । भारतीय सेनाका वेस्टर्न आर्मी कमाण्डर लेफ्टिनेन्ट जनरल आरपी सिंहले अग्रिम मोर्चामा रहेका पोष्टहरुको भ्रमण गरेको पनि ईन्डिया टुडेले सरकारी स्रोतलाई उद्धत गर्दै लेखेको छ ।
यस्तै उत्तराखण्डको गढवाल क्षेत्रमा वायुसेना तैनाथ गर्नुका साथै भारतको सिक्किमको नाथुला क्षेत्रमा समेत थप फौज परिचालन गरिएको जनाईएको छ ।
अरुणाञ्चलमा निरन्तर चीनीया सेना बढीरहेको भन्दै माउन्टेन स्ट्राईक कोर सहित फौज तैनाथ गरेको भारतीय सञ्चार माध्यमहरले उल्लेख गरेका छन् ।
सन् १९६२ मा दुबै देशबीच हजारौ माईल सीमानाका लागि भएको युद्ध पछिकै अहिले सबै भन्दा ठूलो तैनाथी देखिएको बताईएको छ ।

सांकेतिक तस्वीर

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ